प्रेम गीतमा रमाउदै देबेन्द्र (भिडियो सहित )

इनेप्लिज २०७२ माघ १७ गते ११:२४ मा प्रकाशित

आधा दर्जन नेपाली आधुनिक गीतहरुमा आवाज दिएका दंगाली गायक देवेन्द्र बस्नेत अहिलेको चर्चित नेपाली चलचित्र ‘प्रेमगीत’को शिर्ष गीत मार्फत पनि सार्वजनिक भएका छन् । यो चलचित्रले गरेको ‘कभरसंङ’ युट्युव प्रतिष्पर्धाका लागि बस्नेत प्रतिष्पर्धि बनेर सार्वजनिक भएका हुन् । सुगम पोख्रेल र अन्जु पन्तको आवाजमा रहेको यो गीतमा बस्नेतले मिठो लय दिएका छन् । स्टेज कार्यक्रममा दिएको प्रस्तुतीलाई युट्युव मार्फत सार्वजनिक गरेका बस्नेत सुगम संगितका सम्भावना बोकेका गायकका रुपमा जिल्लामा चिनिदै आएका छन् । उनले अहिले सम्म आधा दर्जन सुगम संगितमा आवाज भरिसकेका छन् । बस्नेत पत्रकार समेत हुन् । उनले नागरिक राष्ट्रिय दैनिकको दाङ स्थित संवाददाताको रुपमा काम गरिरहेका छन् भने दाङको रेडियो स्वर्गद्धारिमा पनि उनि कार्यरत छन् ।

 

https://www.youtube.com/watch?v=Xks8-kT7tp4

प्रतिक्रिया