लागुपदार्थ ओसारपसार बेचबिखनविरुद्ध प्रहरी अभियान

इनेप्लिज २०७२ माघ १६ गते ३:५४ मा प्रकाशित

जाजरकोट, १६ माघ । प्रहरीले लागुपदार्थ ओसारपसार र बेचबिखनविरुद्धको एक महिने अभियान यहाँ सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोट र यसका मातहतका कार्यालयबाट एकैसाथ अभियान सुरु गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

अभियानअन्तर्गत सदरमुकाममा लागुपदार्थ प्रयोग गर्ने तथा बिक्री वितरण गर्नेलाई जनचेतनामूलक कार्यक्रम गरी सम्झाइबुझाइ गर्ने काम सम्पन्न भएको छ ।

लागुपदार्थ ओसारपसार गर्ने क्षेत्रमा प्रहरीले जाँचलाई कडा पारिएको छ । लागुपदार्थ उत्पादन गर्ने क्षेत्रको खोजी कार्य जारीसँगै नष्ट गर्ने कार्य पनि सुरु गरिएको प्रहरीले बताएको छ ।
स्थानीय आमा समूह र प्रहरीको सक्रियतामा मदिरा उत्पादन कार्य न्यूनीकरण गरिएको जाजरकोट प्रहरी लागुपदार्थ ओसारपसार र उत्पादन कार्यविरुद्ध अभियानका रुपमा लागेको छ । त्यसतर्फ प्रहरीको सक्रियता बढेपछि स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया