बल्ड डोनर्स अफ अमेरिकाको अधिवेसन टेक्सासमा भव्यताको साथ हुने
बल्ड डोनर्स अफ अमेरिकाको अधिवेसन आगामी मे महिनाको स्मारक दिवस (मेमोरिएल डे) को अवसरमा मे २७ देखि २९ सम्म टेक्सासको ड्य़ालस इर्विंगमा भव्यताको साथ हुने भएको छ l रक्तदान जीवन दान भन्ने मूल नाराका साथ बिसुद्ध समाज सेवा गर्ने उदेस्यले बल्ड डोनर्स अफ अमेरिकाको ईतिहास मै पहिलो पटक अधिवेसन गर्ने मिति तथा स्थान तय भएको जानकारी संस्थाका अध्यक्ष डा लिला कार्कीले जानकारी दिनु भएको छ l
यसको लागि समिति तय भएको र अहिले देखि नै अहोरात्र ऐतिहासिक अधिवेसनलाई सफलता बनाउन तारतम्य मिलाउदै गरेको बताईएको छ l र अहिले देखि नै उक्त कार्यक्रमको लागि अतिथिको राजदुताबास संग पहल गरि सकिएको छ भने अमेरिकाक बिभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्व , समाज सेवी , उधमी ,ब्यापारी ,कलाकारको उपस्थिति हुने बताईएको छ l
र संस्थाले गरेको उपलब्धिको साथै संस्थाका भाबी योजनाका बारेमा छलफल हुने समेत अध्यक्ष डा कार्कीले बताउनु भएको छ l यस्तै गरि साहित्यिक कार्यक्रम , खेलकुद ,रक्तदान ,स्वास्थ्य सिविर ,एनआरएन मंच को साथै सामाजिक अभियन्ताहरुको सम्मान समेत हुने भएको छ l
र संस्थाले अमेरिकामा रहेका सबैलाई यस कार्यक्रमलाई सफलता बनाउन आब्हान गरेको छ भने टेक्सास इर्विंगकै डिएफ डब्लु होटलमा कार्यक्रम हुने तय भएको छ l
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ३० हजार संक्रमित,१७६९ जनाको मृत्यु
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
प्रतिक्रिया