भुकम्पले भन्दा पनि नाकाबन्दीले पर्यटन क्षेत्रलाई बढी क्षति – नाट्टा अध्यक्ष, आचार्य

इनेप्लिज २०७२ माघ १३ गते २२:०० मा प्रकाशित

natta

हामीले पर्यटन विकासको बारेमा जति ठूलो कुरा र भाषण कुरा गरे कार्यान्वयनको चुरो राजनीतिमा गएर ठोकिन्छ । देशमा राजनीतिक स्थिरता कायम भए मात्र पर्यटन विकास सम्भव छ । सुनिश्चित राजनीतिक प्रतिबद्धता एकता नै विकासको पहिलो आधार भएको नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा) का नवनिर्वाचित अध्यक्ष मधुसुदन आचार्य बताउनुहुन्छ । भुकम्प त प्राकृति बिपत्ति हो, यसले पर्यटन व्यवसायमा दीर्घकालीन असर पुर्याउदैन तर राजनीतिक अस्थिरता पर्यटन क्षेत्रको सबैभन्दा ठूलो चुनौती हो, अहिले नेपालको पर्यटन क्षेत्रले त्यही भोगिरहेको छ, उर्जा संकटसँगैको इन्धन संकटले फस्टाउदो पर्यटन व्यवसायलाई अपुरणीय क्षति पुर्याएको आचार्यले बताए ।

नाट्टाको नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) ले मुकुन्द ढुंगानाको अध्यक्षतामा अनलाइन पत्रकारहरुको एक टोलीले कार्यालय गै¥हीधारामा भएको भेटघाट तथा बधाई दिएको छ । नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले नाट्टाका नवनिर्वाचित अध्यक्ष मधुसुुदन आचार्य सहितको कार्यसमितिलाई खादा ओढाएर IMG_8724बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिनुभएको थियो ।भेटघाट कार्यक्रममा नाट्टाको पर्यटन विकास र प्रवद्र्धनको भावी रणनीति एवं कार्ययोजना बारेमा नोजाका महासचीव सागर श्रेष्ठले पाँच बुँदे प्रस्ताव पढेर सुनाए । ५ बुँदे प्रस्ताव उपर नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले अनलाइन पत्रकारहरुलाई चित्तबुझ्दो जवाफ दिएका थिए ।

आन्तरिक पर्यटन प्रवद्र्धन र व्यवसायिक एकता नाट्टाको प्रतिबद्धता — आचार्य

अब नाट्टाको प्रमुख कार्यनीति पर्यटन विकासका लागि आन्तरिक पर्यटन प्रवद्र्धनसँगै क्षेत्रीय पर्यटन प्रवद्र्धन रहनेछ, जसमा दक्षिण एसियाका मुलुकको छिमेकी राष्ट्र चीन र भारतको पर्यटक आकर्षित गर्ने योजनामा हामी नेपाल पर्यटन बोर्डसँगै छलफलमा जुट्नेछौं, नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले भने ।

पर्यटन क्षेत्राधिकार हेर्ने नेपाल पर्यटन बोर्डको ७० प्रतिशत बजेट आन्तरिक पर्यटन प्रबद्र्धनमा खर्च हुनुपर्दछ भन्ने पर्यटन व्यवसायीहरुको भ्वाइसलाई कार्यान्वयनतर्फ लैजान अब नाट्टाले विशेष पहल थाल्नेछ, आन्तरिक पर्यटन प्रवद्र्धन र बाह्य पर्यटन प्रवद्र्धनका लागि नीतिगत र व्यवसायिक भूमिका नाट्टाको रहनेछ आचार्य बताउनुहुन्छ ।

नाट्टा अब पर्यटन प्रबद्र्धनसँगै पुननिर्माण कार्यमा सरकार र संस्थाहरुसँग सहकार्य गरेर अगाडी बढ्नेछ । बाह्य पर्यटन प्रवद्र्धनका लागि हुने ट्राभल एण्ड टुरको प्रदर्शनीहरुमा पहुँचवाला तथा ठूलो पर्यटन व्यवसायीभन्दा पनि नयाँ कन्सेप्ट र भिजेन भएको टुर्स अपरेटहरुलाई प्राथमिकता दिने हामीले सोच बनाएका छौ. । दुई वर्षको हाम्रो कार्यकालमा यसलाई कार्यान्वयनमा ल्याउनेछौं । बढ्दो सोसल मिडियासँग राष्ट्रिय अनलाइन पत्रकार संघ र अनलाइन पत्रकारहरुको सहकार्यमा पर्यटन प्रर्वद्धन विषयका कुरा, जानकारी गतिविधिहरुलाई प्रविधिमैत्री बनाउन मिडिया हाउसहरुसँगभन्दा पनि पत्रकारहरुसँग छलफल र परामर्शमा अगाडी बढ्नेछौ, आचार्यले भन्नुभयो ।
चुनावी प्रतिस्पर्धामा उत्रेका पर्यटन व्यवसायीहरुलाई नाट्टामा समेट्दै उहाँहरुको सल्लाह र सुझावलाई लिदै व्यवसायिक पर्यटन विकासका लागि सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

व्यवसायिक प्रतिबद्धता हुदाहुदै पनि राजनीतिक प्रतिबद्धता नआएसम्म विकासले गति लिन नसक्ने भएकाले पहिले राजनीतिक निकास आउनुपर्यो अनि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्सहान गर्ने नीति राज्यले बनाउनुपर्यो, बन्द हड्ताल, नाकाबन्दी आदिको मार नीजि क्षेत्रको भोगिरहनुपरेको तीतो यथार्थ हो । सञ्चारमाध्यममा पनि विकास निर्माणका काम भन्दा पनि बढी राजनीतिक विषयले स्थान र चर्चा कमाउने हुदा नेपालमा विकासले गति लिन नसकेको दुःखेसो आचार्यले बताए । हामी स्वभिमान र राष्ट्रियता कुरा मात्र गर्छौ तर व्यवहारमा लागू गर्दैनौ अनि प्रश्रय पाउँछन् गफ हाँक्ने र सपना देखाउनेहरुले मात्र । गर्नेहरुलाई कहिल्यै सान्तवना समेत पाउदैनन् राज्यबाट । यस्ता कुराहरुको अब सोसल अर्थात अनलाइन मिडियाहरुले उजागार गर्ने ट्रेण्ड बसाल्नुपर्यो । विकासका लागि स्वच्छ अनलाइन पत्रकारीताको विकास हुनु आवश्यक छ । यसका लागि नाट्टा अब अनलाइन पत्रकारहरुसँगै पर्यटन पत्रकारीतालाई अनलाइनमार्फत गराउन तयार छ, तपाईहरुले साथ दिनुहोस्, नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले भने ।

माओवादी द्धन्द्धकाल बरु पर्यटन व्यवसायीका लागि सहज थियो । त्यसबेला पर्यटक र पर्यटन व्यवसायी लक्षित कुनै ठूलो घटना अथवा दुर्घटनाको अवस्था खेप्नुपरेको थिएन, केही गार्हो अवस्था त थियो तर पूरै अबरोध थिएन तर अहिलेको अवस्थाले पूरै पर्यटन व्यवसयमा अन्यौलता छाएको छ । पर्यटक व्यवसायीहरु बुझेरै नाकाबन्दी खुलेपछि आउँछौ, अहिले तिमीहरुलाई नै अप्ठ्यारो छ, भनेर सात्वना दिइरहेका छन् आचार्यले वास्तविकता सेयर गरे ।

पर्यटन व्यवसायीलाई समान स्थान दिदै सोसल मिडियामार्फत पर्यटन प्रवद्र्धनमा जोड — CN पाण्डे

नोजाको बधाई तथा शुभकामना ग्रहण गर्दै नाट्टाका उपाध्यक्ष सिएन पाण्डेले भने पर्यटन क्षेत्रको विकासका लागि आन्तरिक पर्यटन प्रवद्र्धन र पर्यटन व्यवसायीहरुको स्थान सुरक्षित राख्ने कार्ययोजनालाई कार्यान्वयन ल्याउनेछौ. । बढ्दो सोसल मिडियासँगै पर्यटन प्रवद्र्धनका लागि अनलाइन पत्रकारहरुसँगै नाट्टाको टीम अगाडी बढ््ने प्रतिबद्धता समेत पाण्डेले गरेका छन् ।
नाकाबन्दी पर्यटन क्षेत्रको सबैभन्दा ठूलो चुनौती बन्यो, इन्धन छैन, बिद्युत छैन, अनि पर्यटक बोलाएर के रमिता देखाउने पाण्डेले भने । हामीलेभन्दा पर्यटकहरुले कुरा बुझेका छन् बरु । यस्तो संकटको घडीमा हामी नेपाल आएर तिमीहरु थप दुःखी बनाउन चाहदैनौ भन्छन् नेपाल आउन चाहने विदेशीहरु, हामी आएर त्यहाँ थप इन्धन, बिद्युतको खपत हुन्छ बरु त्यसको केही मेसो मिलाएर आफ्नो व्यवसाय र परिवार चलाउ भनेर सुझाव दिन्छन् । कत्ति धेरै मानवीयता छ उनीहरुमा तर छिमेकी मुलुक भारतले देखाएको यो नीति के हो ? किन दुःख दिइरहेको छ नेपालीलाई । यो विषयलाई आम अनलाइन पत्रकारहरु र मिडियाहरुले जनचासाको रुपमा प्रकाशन र प्रसारण गरेर अन्तराष्ट्रिय दबाब सिर्जना गर्नुपर्यो भन्नुहुन्छ सिएन पाण्डे ।

कार्यक्रममा नोजाका  अध्यक्ष मुकुन्द ढुंगानाले पर्यटन क्षेत्रको प्रबद्र्धन र विकासका लागि यसै क्षेत्रमा दख्खल राख्ने पर्यटन पत्रकारहरुको साथ र सहयोग महत्वपूर्ण हुने भन्दै आगामि दिनमा सोहि किसिमका कार्यक्रम अगाडि बढाउन नाट्टाका नवनिर्वाचित कार्यसमितिलाई नोजाका अध्यक्ष ढुंगानाले सुझाव दिएका थिए ।  IMG_8727

पर्यटन क्षेत्र सौखिन र मनोरञ्जन बिधा भएकाले पर्यटन विकासका लागि भड्किलो प्रबद्र्धन गर्न आवश्यक छ । चाइनीज पर्यटक प्रवद्र्धन नीति आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको सत प्रतिशत रकम खर्चिनुपर्ने, बन्द हड्ताल,राजनीतिक अस्थीरता पर्यटन क्षेत्रका बाधक र चुनौती भएकोले यसका लागि राज्यले स्पष्ट नीति तय गर्नुपर्ने, सोसल मिडियामार्फत पर्यटन प्रवद्र्धनमा लाग्न अनलाइन पत्रकारहरुलाई स्थान दिइनुपर्ने, स्वस्थ व्यवसायिक प्रतिस्पर्धा र एकता नै पर्यटन क्षेत्रको विकास बिस्तारका प्रवद्र्धक भएकोले यी कुहरुलाई सरोकारवालाहरुले बुझ्न जरुरी छ ।

प्रतिक्रिया