महिनौपछि दशगजामा छायो खुसी…(फोटो फिचर)

इनेप्लिज २०७२ माघ १२ गते १४:१० मा प्रकाशित

Dasgaja-Lumbani-1-768x512

भैरहवा, १२ माघ । गत भदौं ३ गते यता करिब ६ महिना सम्म बारम्बार लखेटालखेट भएको बेलहिया सुनौली दसगजामा मंगलबार खुसी छाएको छ ।

सीमापारी भारतको सुनौली बजारमा भारतीय सुरक्षाकर्मि र सीमावारी नेपालको बेलहिया बजारमा नेपाली सुरक्षाकर्मिको तैनाथी हुने दसगजामा मंगलबार नागरिकहरुको भीड थियो ।

सीमापारी जान खोज्ने नेपालीहरु र सीमावारी आउन खोज्ने भारतीय नागरिकहरु हिजो सम्म अलमल परिपरि आउने गरेकोमा मंगलबार भने ढुक्कसाथ आउने जाने गरेका थिए । न त्यहां कोही चेक जाच थियो नत सोधपुछ नै ।

भारतको ६७ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत सीमा नाका बेलहिया सुनौली दसगजा क्षेत्रमा दुई देशका नागरिक, सुरक्षाकर्मी तथा विद्यालयका विद्यार्थी शिक्षकले एक आपसमा खुसीयाली साट साट पनि गरे । सो अवसरमा लुम्बिनी अन्चल प्रहरी प्रमुख एसएसपी शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने भारतीय सिमा सुरक्षाबलका प्रमुख केएस बानकोटीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रहरीका एसएसपी बस्नेतले दुईदेशीय सीमा क्षेत्रमा शान्ति, सद्भाव र भाइचारा अभिवृद्धिकोलागी नेपाली सुरक्षाकर्मिले खेल्ने भूमीका सधैं सकारात्मक हुने बताउदैं गणतन्त्र दिवसका अवसरमा भारतीय जनताको सुख शान्ति र समृद्धिको कामना गरे । भारतीय सीमा सुरक्षा बलका प्रमुख बानकोटीले नेपाली जनताको माया र ममताले आफुलाई गौरवान्वित बनाएको जनाए । कार्यक्रममा नेपाल प्रहरीका रुपन्देही प्रमुख बुद्धिराज गुरुंग, शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यलय रुपन्देही प्रमुख गणेश संग्रौला लगायतको आतिथ्यता रहेको थियो ।

दसगजा क्षेत्रमा भारत र नेपाल दुबै तर्फबाट ब्यान्डबाजा र झाकिं सहित सहभागीता रहेको थियो । कार्यक्रममा नेपालको भैरहवा स्थित अमर ज्योति आवसीय माविको ब्यान्डबाजा सहितको रयाली सहभागी थियो भने भारत तर्फका पनि विभिन्न विद्यालय र संघसंस्थाको रयाली सहभागी रहेको थियो ।

छिमेकी राष्ट्र भारतको ६७ औं गणतन्त्रको दिवसको अवसरमा नेपाल र भारतका सीमावर्ति सुरक्षाकर्मि र नागरिकले संयुक्त रुपमा सहभागी भएर सो दिवस मनाए । नेपालमा अधिकारको माग गर्दै आन्दोलन चर्काएका मधेसी मोर्चाका नेता कार्यकर्ताले सीमापारी भारतबाट ढुंगामुढा गर्ने र सो कार्यमा भारतीय पक्षले सहयोग पुराईरहेको केही महिना अगाडीको परिदृश्यलाई पछाडी धकल्दै ६ महिना यता पहिलो पटक दसगजामा सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो ।

दसगजामा केही महिना पहिले मोर्चाका नेताहरुले प्रदर्शन गरिरहेका हुन्थे भने मान्छेहरु पनि आवतजावतमा मुश्किल हुन्थ्यो । तर मंगलबारको कार्यक्रमले दुईदेशिय सम्बन्धमा खुसीको बहार छाएको छ ।

Dasgaja-Lumbani (2) Dasgaja-Lumbani (3) Dasgaja-Lumbani (4) Dasgaja-Lumbani (5) Dasgaja-Lumbani (6) Dasgaja-Lumbani (7) Dasgaja-Lumbani (8)

प्रतिक्रिया