नाकाबन्दी खोल्नेबारे भारतीय राजदूतको नयाँ प्रतिक्रिया
काठमाडौं, ११ माघ । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले चार महिना लामो नाकाबन्दीबारे नयाँ प्रतिक्रिया दिएका छन् । संविधान संशोधन भएसँगै नाकाबन्दी अन्त्य हुने अनुमान गरिएपनि संशोधन भएको दुई दिन वितिसक्दा पनि नाका खुल्न नसकेको बेला राजदूत रेले आफूहरुले नाकाबन्दी खोल्न नसक्ने संकेत गरेका हुन् ।
नाकाबन्दी कहिले खुल्छ भन्ने आफूलाई नभई मधेसी मोर्चालाई सोध्न उनले आग्रह गरे । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नाकाबारे सञ्चारकर्मीहरुको प्रश्नमा राजदूत रेले मधेसी मोर्चालाई सोध्न आग्रह गरे । उनले भने– मधेसी मोर्चालाई सोध्नुस्, यो प्रश्नका लागि म गलत मान्छे हुँ ।
संविधान संशोधनलाई सकारात्मक विकासक्रम भन्दै उनले सरकारले गरेका अन्य निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिए । शनिबार राति सरकारले पेस गरेको प्रस्तावमा संविधान संशोधन भएपनि अहिलेसम्म नाकाबन्दी खुल्न सकेको छैन् ।
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
प्रतिक्रिया