हेम सरिता फाउण्डेशनद्वारा घुमारेमा भुकम्पपिडितहरुलाई २० हज्जार डलर आर्थिक सहयोग

इनेप्लिज २०७२ माघ १० गते १८:०५ मा प्रकाशित

हेम सरिता फाउण्डेशनले काठमाडौंको शंकरापुर नगरपालिकाको घुमारका भुकम्प पिडित परिवारका लागि नगद २० हजार डलर आर्थिक सहयोग प्रदान गरेको छ । भुकम्पमा परी घरवार क्षति भएका तथा चरम गरीबीको अवस्थामा रहेका व्यक्तिहरुलाई आय आर्जन गर्ने प्रतिवद्धता र प्रस्तावका आधारमा २० हजारदेखि एक लाख सम्म नगद आर्थिक सहयोग प्रदान गरिएको हो । एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सो समारोहमा उनीहरुलाई आय आर्जन आर्थिक सहयोग रकम हस्तान्तरण गरे । स्थानीय समुदायको सिफारिसमा सो रकम प्रदान गरिएको हो । त्यसैगरी फाउण्डेशनले घुमारस्थित उग्रतार माध्यमिक विद्यालयको भुकम्पबाट क्षति भएको एउटा भवन पुनर्निमाण गरेको छ । करिव ६ लाखको लागतमा पुनर्निर्माण गरिएको सो भवन सोही सुमारोहमा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा विद्यालयका प्रअलाई हस्तान्तरण गरे । सो विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न विगत पाँच वर्षदेखि हेम सरिता पाठक फाउण्डेशनले ठूलो लगानी गरेको छ । फाउण्डेशनका तर्फबाट भवन निर्माण,छात्रवृत्ति र थप शिक्षकको व्यवस्थाका लागि गरी ९४ लाख खर्च गरिसकेको छ ।

https://www.youtube.com/watch?v=zevUTnVvttM

प्रतिक्रिया