वकिल सहाराबिना अदालतमा निवेदन
पाल्पा, १० माघ । जिल्ला अदालतमा वकिल सहाराबिना पनि निवेदन लेख्न व्यवस्था गरिएको छ ।
अदालतले सेवाग्राहीका हितका लागि ४० प्रकारका निवेदनका ढाँचा निःशुल्क रुपमा वितरण गर्ने व्यवस्था मिलाएको छ ।
सेवाग्राहीले निवेदन भर्न जाने आफैँ, नजाने अदालतका वैतनिक वकिलबाट वा कर्मचारीबाट निवेदन भर्न सिकाइदिने वा भरिदिने व्यवस्था गरिएको अदालतका न्यायाधीश डिल्लीरमण तिवारीले जानकारी दिनुभयो । पछिल्लो वर्षमा अदालतबाट अधिकांश मुद्दा पाँच/छ महिनामै टुङ्गिने गरेको उहाँको जिकिर छ ।
कुनै पनि मुद्दा फैसलामा एक वर्षभन्दा बढी समय लगाउन नहुने कानुनमै व्यवस्था रहेको न्यायाधीश डिल्लीरमण तिवारीले बताउनुभयो । अदालत चालु आवमा लक्ष्यभन्दा बढी मुद्दाको फैसला गर्न सफल भएको उहाँको भनाइ छ ।
गत आवदेखि जिम्मेवारी सरी आएका ६५ र चालु आवको पुस मसान्तसम्म दर्ता भएका १७८ मुद्दामध्ये १३८ मुद्दाको फैसला भइसकेको न्यायाधीश तिवारीले जानकारी दिनुभयो ।
गत आवदेखि जिम्मेवारी सरी आएक कैदतर्फ ३३२ वर्ष छ महिना २३ दिन र गत पुस मसान्तसम्म दर्ता भएका २११ वर्ष दुई महिना २५ दिन गरी ५४३ वर्ष नौ महिना १८ दिनमध्ये २२१ वर्ष तीन महिना १५ दिन फछ्र्योट भइसकेको छ ।
यस्तै गत वर्षको सरी आएको जरिवानातर्फ रु ३६ लाख ७३ हजार २८२ र पुस मसान्तसम्मको रु १२ लाख ५५ हजार ७०७ गरी रु ४९ लाख २८ हजार ९८९ मध्ये रु १० लाख ७६ हजार २५६ असुल गरिएको छ ।
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग
बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
प्रतिक्रिया