अष्ट्रेलियाको क्यानबेराका नेपालीले कबडी कबडी हेर्न फिल्म हेर्न पाउने

इनेप्लिज २०७२ माघ ९ गते ५:२८ मा प्रकाशित

kabaddi (1)

अष्ट्रेलियाको क्यानबेरामा रहेका नेपालीहरुका लागि खुशीको खबर छ । अब क्यानबेरामा रहेका नेपालीहरुले नेपाली फिल्म हेर्न पाउने भएका छन् ।

अष्ट्रेलियाका बिभिन्न सहरहरुमा नेपाली फिल्म देखाइदै आए पनि क्यानबेरा सहरमा भने पहिलो पटक नेपाली फिल्म देखाइन लागेको हो । A & S इभेन्ट अष्ट्रेलियाका सञ्चालक आदर्शजंग पाण्डे र सुवास प्रसाइको संयुक्त प्रयासमा नेपालमा सर्वाधिक रुचाइएको र अष्ट्रेलियाको मेलवर्न, सिड्नी ब्रिसबेन तथा गोल्डकोस्ट जस्ता सहरहरुमा सुपरहिट भएको रामबाबु गुरुङले निर्देशन गर्नुभएको तथा चर्चित नायक दयाहाङ राई, सौगात मल्ल र नायिका रिस्मा गुरुङद्धारा अभिनित चलचित्रकबडी कबडी क्यानबेराको सिटीसेन्टरको सुबिधासम्पन्न Dendy सिनेमा हलमा फ्रेब्रुअरी १ तारीख सोमबार बेलुकी प्रदर्शन शो देखाइने भएको छ ।

क्यानबेरा स्टेटको आसपासमा बस्ने नेपालीहरुका लागि नेपाली फिल्म हेर्न पाइने यो सुनौलो अवसर रहेको सञ्चालक आदर्शजंग पाण्डेले बताए । नेपाली समुदायका परिवारका लागि यो पहिलो सुनौलो अवसर नगुमाउन A& S का सञ्चालकले अनुरोध गरेका छन् । नेपाल र नेपालीको पछिल्लो परिवेश अवस्थालाई दुरुस्तै उतारेकोले नेपाली कबडी कबडी फिल्म मनोरञ्जनका साथै ज्ञानमुलक र सन्देशमुलक छ । साथै फेब्रुअरी १ मण्डे शो का लागि टिकट बुकिङ खुलिसकेको छ । A & S इभेन्टले योसँगै अरु राम्रा नेपाली फिल्म, सांगीतिक कार्यक्रमहरुका साथै वर्थ डे सेलिब्रेटलाई पनि अबको क्यानबेरा सिटीमा प्रदर्शनीमा ल्याउने जनाएको छ ।

अष्ट्रेलियाको क्यानबेरामा हुने बिभिन्न नेपाली कार्यक्रमका लागि उल्लेखित व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्पर्क आदर्शजंग पाण्डे :+61 0430 400 478

प्रतिक्रिया