सामूहिक बलात्कारपछि युवतीको हत्या
रुकुम, ७ माघ । रुकुम खोलागाउँकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या भएको छ । घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी खोलागाँउ–५ सर्केनाकी १६ वर्षकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ ।
मङ्गलबार अपराह्न दाउरा लिन जङ्गल गएकी युवती राति अबेरसम्म नफर्किएपछि परिवार र छिमेकीले खोजी गर्दै जाँदा जङ्गलमा एउटा रुखमा बाँधेर हत्या गरिएको अवस्थामा फेला पारेका थिए ।
युवतीको शव परीक्षणका लागि बुधबार जिल्ला अस्पताल जाजरकोट ल्याइएको छ । युवतीको बलात्कारपछि हत्या भएको अस्पतालका डा दीपक पुनले बताउनुभयो । “शवको प्रकृति हेर्दा हातखुट्टा बाँधेर सामूहिक बलात्कार पछि हत्या गरेको हुन सक्छ”–उहाँले भन्नुभयो ।
युवतीलाई केही दिनअघिदेखि नचिनेको नम्बरबाट फोन गरेर केटाहरूले धम्की दिने गरेको स्थानीय बासिन्दा निर्मल शाहले बताउनुभयो । शाहले फोनमा धम्की दिनेले नै युवतीको हत्या गरेको हुनसक्ने बताउनुभयो ।
बाइडेनद्वारा विज्ञान टोलीको घोषणा
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
प्रतिक्रिया