भूकम्पपीडितलाई चौँरी गाई वितरण
इनेप्लिज
२०७२ माघ ७ गते ७:४३ मा प्रकाशित
धुन्चे (रसुवा), ७ माघ । लाङटाङका भूकम्पपीडित किसानलाई झोमो जातको चौँरी गाई वितरण गरिएको छ ।
लाङटाङ पुनःनिर्माण व्यवस्थापन समितिका सचिव सोन नुर्वु लामाका अनुसार ४५ वटा चौँरी खरिद गरी २० जना किसानलाई वितरण गरिएको हो ।
चौँरीको दूध यथेष्ट मात्रामा उत्पादन गराई नेपालको जेठो चिज कारखाना क्याङ्जेन पुनः सञ्चालनमा ल्याउने र दूध बिक्रीबाट प्राप्त आयले गरिब किसानको जीविकोपार्जनमा सरलता ल्याउने उद्देश्यले हेलम्बु क्षेत्रबाट रु २० लाख २५ हजार बराबरको चौँरी खरिद गरिएको बताइएको छ ।
भूकम्पबाट विस्थापित ११६ घर परिवारलाई आफ्नो थातथलोमा फर्काई आधारभूत आवश्यकता र पुनःनिर्माणको प्रयास भइरहेकोसचिव बताउनुभयो ।
शेर्पा संघ अमेरिकाको प्रेस बिज्ञप्ति
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
प्रतिक्रिया