आगलागीबाट सुकुम्बासीको ज्यान गयो

इनेप्लिज २०७२ माघ ७ गते ७:१२ मा प्रकाशित

aaglagi1बैतडी, ७ माघ । आगलागीमा परी डोटीमा एक सुकुम्बासीकोे ज्यान गएको छ । ज्यान जानेमा दिपायल सिलगडी नगरपालिका–७ राजपुरका ५० वर्षीय भीमसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

राजपुरकै गोरखबहादुर खत्रीको टिनको टहरामा परिवारसहित बस्दै आएका सुनारको डेरामा गएराति आगलागी भएको थियो । आगोले जलेर गम्भीर घाइते भएका सुनारको सुजङ अस्पताल डोटीमा उपचारका क्रममा ज्यान गएको घटनास्थलमा खटिइएका प्रहरी सहायक निरीक्षक हेमन्तबहादुर पालले बताउनुभयो ।

मृतक सुनुवार मादक पदार्थ सेवन गरी सुतेको र उज्यालोका लागि बालेको मैनबत्ती ढलेर ओछ्यानबाट आगो सल्केको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको बताइएको छ ।

मृतकको श्रीमती र चार छोरी छिमेकीको विवाहमा गएकाले सकुसल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया