साउथ अफ्रिकाको डर्बानमा एक नेपाली युबा अलपत्र 

इनेप्लिज २०७२ माघ ४ गते १२:०३ मा प्रकाशित
नेपाल ताप्लेजुंग घर भएका  नैना कुमार सान्बा लिम्बु साउथ अफ्रिकाको डर्बानमा अलपत्र परेका छन् | सात महिना अघि अबैध रुपमा रोजगारीका लागि त्यहा पुगेका उनि संगै जाने नेपाली साथी संग झगडा भै ,उनले स्थानीय गुण्डाहरु लगाई ज्यान मार्ने धम्कि दिएकाले लुकेर बसेका छन् | 
 
उनले तुरुन्त नेपाल फिर्ता जान चाहेको र सहयोगका लागि अनुरोध गरेकाले गैर आवाशीय नेपाली संघले यसका लागि पहल शुरु गरेको छ |

उनि संग फोनमा कुरा गर्दा उनको स्थिति असहज रहेको र यस बारेमा संघका कोषाध्यक्ष हिक्मत थापा र आफुले साउथ अफ्रिका स्थित नेपाली दुतावासलाई सहयोगको लागि अनुरोध गरेको जानकारी संघका अफ्रीका क्षेत्रिय संयोजक सुनिल कार्कीले गराए   | उनले भने संघको साउथ अफ्रिका राष्ट्रिय समिति र स्थानीय एनआरएनहरु संग  पनि सहयोगका लागि पहल भै राखेको छ |

प्रतिक्रिया