वर्ल्ड कप फाइनल मार्सल आर्ट्स प्रतियोगितामा बहादुर ठकुरीलाई स्वर्ण पदक
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्दै आएका नेपाली मुलका उज्जवल ठकुरीलाई आज भएको वर्ल्ड कप फाइनल मार्सल आर्ट्स प्रतियोगितामा स्वर्ण पदक प्राप्त भएको छ l
आजै भएको अर्को प्रतियोगितामा कन्टिन्यु कनटयाक १८० – १८९ तौल समुहमा भएको प्रतियोगितामा ठकुरीलाई कास्य पदक समेत प्राप्त भएको छ l वर्ल्ड कप फाइनल मार्सल आर्ट्स प्रतियोगितामा ४० देखि ४५ बर्ष उमेरका खेलाडीहरुको प्रतियोगिताको प्रतिस्प्रद्धामा ठकुरीलाई स्वर्ण पदक प्राप्त भएको हो l
ठकुरीले अहिले सम्म ७ महिनामा ११ खेल खेली ११ खेलमा नै पदक प्राप्त गरेका छन् l उनले ७ वटा स्वर्ण ,३ वटा रजत तथा २ वटा कास्य पदक प्राप्त गर्न सफल भएका छन् l यसरि अमेरिकामा किर्तिमान काम गरेको सम्भवत नेपाली मुलका पहिलो खेलाडी ठकुरी बनेका छन् l
अहिले सम्म १० वटा राज्यमा खेल्ने धोको राखेका ठकुरीले ५ वटा राज्यहरुमा खेल खेली सकेका छन् l उनले खेलेका राज्यहरुमा भर्जिनिया ,न्युजर्सी ,वाशिंगटन डिसी ,म्यारिल्याण्ड तथा पेनसेलभानिया रहेका छन् l भर्जिनियाको रेस्टनको शेराटन होटलको भएको खेलमा भारत ,जापान ,अमेरिका ,कोरिया तथा चीनका झन्डाको बिचमा ठकुरीले नेपालको झन्डा फरफराई प्रथम स्थान हासिल गर्न सफल भएका छन् l
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया