वेलायतको भ्रमणमा सुनसरी तरुण दलका सभापति सिजन गुरुङ ।

इनेप्लिज २०७२ माघ ३ गते १६:०९ मा प्रकाशित

IMG_1274

लण्डन माघ ३ । छोटो समय अवधिमै तिब्र राजनैतिक सफलतका सिढी चढ्न सफल नेपाली काग्रेस सुनसरी तरुण दलका जिल्ला सभापति तथा समाजसेवी सिजन गुरुङ नेपाली काग्रेसको भातृ संगठन जनसम्पर्क समिती बेलायतको निमन्त्रणामा बिपी को राष्ट्रिय एकता तथा मेल मिलाप दिवशको अवसरमा आयोजित युरोपियन अन्तरक्रिया कार्यक्रममा सहभागी हुन बेलायत आएका थिए ।

IMG_1150
विशेष अतिथिको भूमिका निर्बाह गर्दै जनसम्पर्क समिती बेलायतले आयोजना गर्दै आएका बिभिन्न कार्यक्रमहरुले पार्टिलाई टेवा पुर्याउने मात्र नभई बेलायतबासी सम्पुर्ण जनमानसमा प्रजातन्त्रको बास्तबिक महत्व र अर्थ बुझाउने प्रयत्न गरेको भन्दै नेपाली काग्रेस जनसम्पर्क समिती बेलायतको प्रसंशा गरेका थिए ।

IMG_1243
बेलायत प्रजातान्त्रिक मुलुक भएको हुँदा बेलायतबासी नेपालीहरुलेपनि प्रजातन्त्रलाई आत्माशात गरेर दैनिक व्यबहारमा लागु गरिरहेको भए पनि नितिगत अभ्यासको कमिका कारण राजनितिकरण हुन नसकेको भन्दै आफ्नो पार्टी नेपालकै एक मात्र प्रजातान्त्रिक सिद्धान्त मुल्य र मान्यता बोकेको पार्टी भएको हुँदा प्रजातन्त्र प्रेमीको लागी सुनौलो अवसर हुन सक्ने भन्दै नेपाली काग्रेसमा आवद्ध हुन आवहान गर्नु भएको थियो ।

s1
भ्रमणकै क्रममा गैर आवासीय नेपाली संघ बेलायतले आयोजना गरेको नेपाल घर अनुदान अन्तरक्रिया कार्यक्रममा अतिथिको भूमिकाबाट बोल्दै नेपाल घर जस्तो सामाजिक सोच नेपाल र नेपालीको निम्ती सकारात्मक र फाइदामन्द मात्र नभई नेपालकै सामाजिक समृद्धिको एउटा खुट्ठकिला हुन सक्ने भन्दै नेपाल भित्रिने हरेक सकारात्मक सोच र कार्यको निम्ती युवा नेतृत्वको हैसियतले मात्र नभई ब्यक्तिगत सहयोग र सहकार्यको लागी आफु तत्पर रहेको र नैतिक सहयोग गर्ने प्रतिबद्वता जाहेर गरेका थिए ।
बिदेशको बिकाश र उन्नतीबाट पाठ सिक्नु भएका गैर आवासीय नेपालीहरुलाई आफ्नो अनुभबको सीख ,मेहेनत र पशिनाको कमाई आफ्नो देश नेपालमा भित्राउन आफ्नो पार्टी नेपाली काग्रेसले पहल गर्दै आइरहेको भएपनि नेपाल सरकार र सरोकारवालाहरुले पनि पहल गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

IMG_1153
राजनितिलाई समाजसेवाको बिस्तृत र बृतान्त रुप ठान्ने गुरुङ बाल्यकाल देखी नै साथी भाईको समस्यालाई आफ्नो समस्या सम्झेर काध हाल्ने , बाटोतिर अपाङ्ग असहायहरु देखे–भेटेको खन्डमा आफ्नो साथिहरुनै छोडी–छोडी सहयोग गर्ने , कुलत दुर्व्यासनिमा लागेका साथी–भाईहरुलाई सुमार्गमा आउन प्रोत्साहन गर्ने बानीनै समाजसेवा भन्ने ज्ञात भए पछि आफ्नो समाजसेवी भावनालाई अझै दिगो र स्थायित्व बनाउन साथै सभ्य र स्वच्छ समाजको निम्ती आफ्नो योगदान स्वरुप लागु औसत दुर्व्यासहनीमा लागेका युवाहरुलाई सहि मार्ग दर्शन गर्नका निम्ती २०५७ सालमा डियर क्लब अफ , तरहराको स्थापना गरेका संस्थापक अध्यक्ष सिजन गुरुङले टोल समाज जिल्ला र छेत्रको मात्र नभई सिङ्गो मातृभुमी र देशकै सेवा गर्ने अठोटका साथ राजनितीमा पाइला टेकेका बताउछन् ।
काग्रेसको तरुण राजनिती र पुर्बी नेपालमा समाजसेवाले प्रसिद्ध गुरुङ प्रजातन्त्र मात्र एक यस्तो सिद्धान्त हो जसमा सम्पुर्ण जनताको हक ,अधिकार र स्वतन्त्रता सुनिस्चित हुन्छ । नेपालामा नेपाली काग्रेस एक मात्र प्रजातान्त्रिक पार्टी भएको हुँदा आफु आफ्नो पार्टी र सिद्धान्त प्रती समर्पित भएको बताए ।
महिला युबा नेत्रीहरुले राजनैतिक सफलता सगै बिभिन्न लाल्छनाका साथ चरीत्र हत्या जस्तो असामाजिक्ताको सिकार हुनु पर्ने भने युवा नेतृत्वहरु अब्बल हुँदै गए गुन्डा गर्दी जस्ता संज्ञां दिदै अराजकतातिर धकेल्ने राजनितिक प्रवृतिका बाबजुतपनि आफु माथि आइलागेका आरोप अबरोधहरु जवाफ शब्दले नभई आफ्नो सामाजिक सकारात्मक सोच र उदाहरणीय कार्यहरु गदै आएका गुरुङ जस्तो सुकै परिस्थितिमा पनि आफ्नो कर्तब्य पुरा गर्न कुनै कसरबाकी नराख्ने शिक्षा आफ्नो पिता दान बहादुर गुरुङ बाट पाएका भए पनि आफ्नो राजनैतिक प्रेरणाको स्रोत आफ्नो दाई रिचर्ड गुरुङ मान्दछन ।
देश र माटोले चाहेको जति सबै दिन नसके पनि आफुले सकेको जति योगदान देश र माटोलाई दिन्छु चाहे राजनीतिक होस, सामाजिक होस् या ब्यक्तिगत । आउने दिनहरुमा आफ्नो पार्टीले सक्षम र सबल नेतृत्व पाओस् जस्ले आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर सम्पुर्ण प्रजातन्त्र प्रेमीहरुलाई एकधारमा समेट्नु सकोस् भन्दै आउने अधिबेशनले आफ्नो पार्टिलाई सहिमार्गमा लैजाने बिस्वासका साथ सम्पूर्ण सहभागी प्रजातन्त्रप्रेमीहरुमा एक जुट्का साथ अगाडी बड्न् आग्रह समेत गरेका थिए ।
नेपाली युवा समुहद्वारा आयोजित युवा जनचेतना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वेलायतवासी युवाहरूको एकताको सराहना गर्दै एकताको शक्तिको सहि सदउपयोग गर्न सूझाब दिएका थिए । बेलायतको कार्यक्रम भव्यताको साथ समापन गरी सभापति गुरूङ लण्डन विमानस्थलबाट नेपाल प्रस्थान गर्नु भएको छ ।

प्रतिक्रिया