क्यान्सर पिडीत उमाहाङलाई हङकङबाट सहयोग
माघ ३ गते ।
क्यान्सर रोगबाट पिडीत बनेका मोरङ राजघाट—८ का उमाहाङ चोङबाङलाई हङकङबाट आर्थिक सहयोग भएको छ ।
मोरङको राजघाटबाट हङकङ गएका नेपालीहरुले ६० बर्षिय क्यान्सर पिडीत चोङबाङलाई १ लाख ९६ हजार ४ सय रुपैया सहयोग गरेका हुन् ।
हङकङबाट पठाइएको उक्त रकम चोङबाङलाई हस्तान्तरण गरिएको छ । किरात याक्थुम चुम्लुङ राजघाटका अध्यक्ष जिवन पोमु र पत्रकार तेजन खड्काले उक्त रकम हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोग पाएपछि उमाहाङले आफुलाई बाँच्ने हौषला बढेको बताउनुभयो । गाउँका भाई भतिजहरुले विदेशबाट मेरो उपचारका लागि सम्झिनुभयो,खुसी छु धन्यवाद दिन चाहान्छु, उमाहाङले भन्नुभयो,आर्थिक समस्याले उपचार नहुँदा समस्या भएको थियो । यो रकमले उपचारमा सहयोग पु¥याएको छ ।’
हङकङमा रहेका राजघाटवाशीलाई त्यहा कार्यरत जिवन पोमुले उमाहाङको उपचारमा सकेको सहयोग गर्न सबैमा अनुरोध गरेपछि रकम संकलन भएको थियो । पोमुले राजघाटका कोहि बिरामी र साह्रो गाह्रो परे आफ्नै पिडा सम्झेर सहयोग संकलनमा अगुवाई गर्दै आउनुभएको छ । हङकङमा भएका राजघाटवाशीले राजघाटको बिकास निर्माण,खेलकुद तथा उपचार गर्ने रकम नहुँदा समस्यामा भएकाहरुलाई सहयोग गरिरहेका छन् ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया