बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ अनुगमन

इनेप्लिज २०७२ माघ ३ गते ५:५७ मा प्रकाशित

Bardiya_district_locationबर्दिया, ३ माघ । बर्दिया राष्ट्रिय निकुञ्जमा क्यामरा ट्रापिङ(क्यामराबाट तस्बिर खिंचिने) प्रविधिबाट आजदेखि बाघ अनुगमन गर्न थालिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्व वन्यजन्तु कोष नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग र आसपासका क्षेत्रमा बाघको अनुगमन गरिन थालिएको निकुञ्जले जनाएको छ ।

बाघ अनुगमनका लागि आवश्यक क्यामरा र अन्य उपकरण एवम् स्थलगत सामग्री प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमबाट प्राप्त भएको हो । थलोमा खटिने कर्मचारी तथा प्राविधिकलाई गत पुस २५ र २६ गते आधारभूत तालिम दिइएको निकुञ्जका प्रमुख रमेशकुमार थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया