पहिलो पटक भवन निर्माण मापदण्ड लागू

इनेप्लिज २०७२ माघ ३ गते ५:५१ मा प्रकाशित

बैतडी, ३ माघ । बैतडीको पाटन नगरपालिकाले पहिलो पटक चालु आवदेखि भवन निर्माण मापदण्ड तथा भवन निर्माण अनुमति तथा नक्सापाससम्बन्धी कार्यविधि, २०७२ लागू गरेको छ ।

दोस्रो नगरपरिषद्बाट कार्यविधि पारित गरी लागू गरिएको नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिनुभयो । कार्यविधि लागू भएसँगै अब पाटन नगरपालिकाभित्र घर बनाउँदा अनिवार्य रुपमा नक्सा पास गर्नुपर्ने, भूकम्प प्रतिरोधी घर बनाउनुपर्ने र नगरपालिकाको अनुमति लिएर मात्र घर बनाउन पाइनेछ । उहाँले भन्नुभयो – “नगरपालिकाको नियमानुसार नबनेका घर पास हुँदैनन् ।”

नगरपालिकाको अनुमति लिएर घर बनाएमा बीच बीचमा नगरपालिकाबाट प्राविधिक अनुगमन हुने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया