नुवाकोट, २ माघ । नुवाकोटको गेर्खुटार गाविसमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।
काठमाडौँबाट रसुवागढीमा सामान लिन जाँदै गरेको ना३ख ४७४१ नं को कन्टेनर र बेत्रावतीबाट विदुरतर्फ आउँदै गरेको बा६४प ९२८० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक राजकुमार तामाङको मृत्यु भएको जिप्रका नुवाकोटले जनाएको छ ।
मोटरसाइकल चालक नुवाकोटको मनकामना गाविसमा स्थायी घर भएका हाल बट्टारमा बसोबास गर्दै आउनुभएको थियो । दुर्घटना भएको कन्टेनर र चालक जिप्रका नुवाकोटको नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया