पथरी प्रहरीद्रारा पाँच जना अपराधी सार्वजनिक

इनेप्लिज २०७२ माघ १ गते १३:५१ मा प्रकाशित

माघ १ गते पथरी। इलाका प्रहरी कार्यालय पथरी मोरङले विभिन्न अपराधमा संम्लग्न फरार ४ जना अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न समयमा पक्राउ गरिएको फरार अभियुक्तलाई पथरी प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजानीक गरेको हो । पक्राउ पर्नेमा बयरवन ५ का २५ बर्षीय गणेश भनिने विकास गुरुङ,झापाको दमक ४ का ३१ बर्षीय संजिव वस्नेत, सुन्दरदुली २ का ३२ बर्षीय जसबहादुर दर्जी,पथरीशनिचरे ६ का २५ बर्षीय उपेन चेम्जोङ,झापाको दमक १० बस्ने २५ बर्षीय विक्रम खरेल र पांचथर यासोक ३ का ४० बर्षीय बिष्णुकुमार पाण्डे रहेका छन् । विकास गुरुङलाई बयरवन ४ स्थीत बालमावि विद्यालय व्यावस्थापन समितिको चुनावमा होहल्ला गरेको भन्दै विहिबार प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका गणेश गुरुङ २०६५ साल माघ देखि फरार रहेको प्रहरीको सुचिमा रहेको प्रहरीले बताएका छन् । गुरुङ, धनकुटा हिले बजारका रपिन राई र राम राईले २०६५ साल माघ ९ गते धनकुटा जिल्लाको श्री नं. २ वाहिनी हिले व्यारेकका सैन्य प्युठ डम्बरबहादुर कार्कीलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उधोग गरेका मुद्दा परेको थियो ।

प्रतिक्रिया