चार विद्यार्थी तीन दिनदेखि बेपत्ता

इनेप्लिज २०७२ माघ १ गते १३:०२ मा प्रकाशित

फलेवास (पर्वत), १ माघ । यहाँका चारजना विद्यार्थी तीन दिनदेखि बेपत्ता छन् ।

सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा ९ मा अध्ययनरत कुश्मा नगरपालिका–१० का १४ वर्षीय अभिषेक शर्मा, सोही स्थानका १५ वर्षीय देवेन्द्र सार्की, कुश्मा नगरपालिका–८ का १४ वर्षीय कृष्णप्रसाद श्रेष्ठ र सोही ठाउँका १४ वर्षीय सुनिल जिसी सम्पर्कविहीन भएका हुन् ।

बुधबार बिहान विद्यालयमा ट्युसन पढ्न जाने भन्दै हिँडेका उनीहरु राति अबेरसम्म पनि घर नफर्किएपछि चारै जनाको खोजि भइरहेको छ । उनीहरु विद्यालयमा पुगेको र त्यो दिन ट्युसन पढाइ नभएपछि एक्कासि सम्पर्कविहीन भएका वेपत्ता विद्यार्थीका आफन्तले बताएका छन् । बाआमाले खोजविनका लागि जिल्ला प्रहरी कार्यालयलाई निवेदन दिएका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

“वेपत्ता विद्यार्थीको नाम, ठेगाना र हुलियासहित खोजतलास जारी राखेका छौँ” उहाँले भन्नुभयो । खोजीका लागि विभिन्न जिल्ला हुँदै सुनौली नाकासम्म पुगेको अभिषेक शर्माकी आमा अमृताले बताउनुभयो ।

प्रतिक्रिया