नायिका शुभेच्छा थापाले माफी माग्दै भनिन्- लुकीलुकी अंग हेर्ने, अनि गाली गर्ने ? (अन्तरवार्ता)

इनेप्लिज २०७२ पुष ३० गते २०:३१ मा प्रकाशित

Suvecha-Thapa-1-464x600

बौद्ध धर्मावलम्वीको पवित्र वस्त्र ‘खादा’ले आफ्नो संवेदनशील अंग छोपेको फोटोसुट यतिखेर ‘भाइरल’ बन्न पुगेको छ । चौतर्फी आलोचनाको प्रहार हुन थालेसँगै नायिका शुभेच्छा थापा भने सोही ‘मिठो भूल’का कारण तनावमा छिन् । नाताले झरना थापाको देउरानी हुन, शुभेच्छा । कहिले माछाले आफ्नो संवेदनशील अंग छोपेको फोटो सुट गराएर त कहिले खादाले संवेदनशील अंग छोपेको दृश्य सुट गराएर चर्चामा रहन्छिन् । रंग्मञ्चबाट आएकी शुभेच्छामाथि चौतर्फी प्रहार हुँदै गर्दा उनीसँग समसामयिक विषयमा दैनिक नेपालले गरेको कुराकानी अंशः

यो विवादस्पद् फोटो के का लागि सुट गर्नुभएको ?

विन्दास– ३ चलचित्रको पोष्टर प्रमोसनका लागि लिइएको फोटो थियो, त्यो । विन्दास– १ मा सुष्मा कार्कीको हट फोटो, बिन्दास–२ मा अनुष्काको हट फोटो थियो । विन्दास– ३ मा हट फोटो दर्शकले माग्नु नै हुन्छ भन्ने निर्देशक राजु गिरीको भनाइ थियो । अगाडिदेखि दिदैं आएको कुरालाई निरन्तरता किन नदिने ? भन्ने हाम्रो सोचाइ थियो । तर ग्याल्मर फोटो सुट गर्नुपर्दछ भन्ने तर्फ हाम्रो ध्यान गयो । ग्याल्मरस र्फ मात्र हाम्रो ध्यान गयो । धार्मिक दृष्टिले यति धेरै चर्चा, परिचर्चा होला, असर पर्ला भन्ने सोचेका पनि थिएनौं । विशेषगरी विन्दासको पोष्टर डिजाइनमा सेन्सर बोर्डमा लगेर पास गराएका हौं । उहाँहरुलाई खादा बाँधिएको भन्ने ध्यान भएन होला ।

अरु बस्त्र पनि थिए, ग्यालमर फोटो सुट गर्नका लागि, खादा नै किन रोज्नुभएको ?

मसँग हट पाइन्ट मात्र थियो फोटो सुट गर्दा । त्यही माथि खादा लगाएर फोटो सुट गरिएको हो । हाम्रो नियतमा खादा लगाएर फोटो सुट गरौं, कुनै धर्मावलम्वीको धार्मिक आस्थामाथि नै प्रहार गरौं भन्ने हाम्रो सोचाइ कदापी थिएन । हिन्दी फिल्म सबैभन्दा हिट नेपालमै भएका छन् । त्यहाँ पनि ग्याल्मरस हुन्छ । मात्र हामीलाई नेपाली चेली र नेपाली परिवेश पचाउन गाह्रो भएको छ । अरुलाई गाली पनि गरिरहनुभएको छ । र, लुकीलुकी त्यही चीज हेरिरहनुभएको छ, आफू परिवर्तन हुन चाँहि नखोज्ने अरुलाई गाली चाँहि गर्ने । अरुलाई गाली गर्नुमा मज्जा आउन पनि सक्छ उहाँहरुलाई ।

नखिच्नुपर्ने फोटो सुट गर्नुभयो, फेरि क्षमा नै किन माग्नुप¥यो त उसो हो भने ?

कस्तो भयो भने त्यति ठूलो धार्मिक दृष्टिले यस्को आलोचना होला भन्ने त हामीले सोचेको पनि थिएनौं । फोटो आउट हुने बित्तिकै धार्मिक दृष्टिले आलोचना भएसँगै मैले क्षमा मागेको हुँ । पहिले नै यसमा धर्मको कुरा थाहा पाएको भए म यस प्रकारको फोटो खिच्ने नै थिइन । यस प्रकारको ठूलो गल्ती गरिदैँनथ्यो होला, यो थाहा नपाएर गरेको गल्ती हो ।
यसअघि मिस नेपाल चलचित्रमा माछाले आफ्नो संवेदनशील अंग छोपेको फोटो सुट गराउनुभएको थियो । अहिले यस्तै प्रकारको फोटो सुट गराउनुभयो । नेपाली समाजलाई यस्ता दृश्य पच्दैन भन्ने थाहा हुँदाहुँदै किन खिचाउनुभएको त ?
मेरो शरीर हो । नयाँ कन्सेप्ट र नयाँ तरिकाले मैले आफ्नो काम गर्न पाउँछु । कसैले आलोचना गर्नुहोला, कसैले राम्रो भन्नुहोला । त्यो आफ्नो आफ्नो हेराई ।

राम्रो भन्ने कति होलान ?

धेरै हुनुहुन्थ्यो । कुनै पनि राम्रो ‘क्रियसन’का लागि आलोचना सहनै पर्दाेरहेछ । देशमा संविधान बनिसकेको छ । देशको राष्ट्रिय पोशाक नरहने भनेर फालिसकेको अवस्था छ । हरेक स्थानमा परिवर्तन आइरहेको छ । गाली पनि खाइरहेका छन् र परिवर्तन आइरहेको छ । के कुरा रोकिएको छ ? भगवानको पूजाआजा गर्ने कुरामा पनि यहाँ आलोचना भइरहेको छ नि ! ग्याल्मर चर्चाको लागि हो तर खादा चर्चाको लागि थिएन । त्यो अन्जानमा भएको हो । जहाँ ग्याल्मर फोटो आउँछ त्यो चर्चामा हुन्छ । सबैभन्दा धेरै दर्शक ग्याल्मरमै हुन्छ । त्यो पनि भल्गर सुट थिएन, ग्याल्मर सुट थियो । प्रत्येक ब्यक्तिमा पुगोस् र चर्चाको विषय होस् भन्ने थियो तर अन्यथा भइदियो ।

Suvecha-Thapa-3

सिंगो कलाकारिता माथि नै शुभेच्छा थापाबाट ‘मैलो’ लगाउने काम भयो भनेर कलाकार संघबाट आलोचना भइरहेको छ नि ?

जे कुरा गलत हो, त्यस्लाई त गलत भन्नैपर्दछ । मैले गलत गरेको होइन् भनेको छैन । क्षमायाचना मागिसकेको छु । भगवान सबैको एउटै हो । चाहे जुन जातिको होस । पहिरन र भाषा मात्र न अलग हो । जन्मन त हामी सबै नांगै जन्मिएका हौं । भगवाले तिमीले यो वस्त्र लगाउ भनेर वस्त्रै सहित पठाएका त होइनन् । हाम्रो संस्कारले मात्र फरक–फरक वस्त्र पहिरिएका हौं । अन्जानमा कुनै गल्ती भयो भने क्षमा दिने सस्कार पनि छ हाम्रो समाजमा । त्यो क्षमा मैले मागिसकेको छु । जानी जानी गल्ती त कहिल्यै पनि हुँदैन नि ! मैले जानेर त गरेको होइन नि । मेरो फिल्ड नै ‘ग्याल्मरस’ । म एउटा मोडल र एक्टर । मलाई पनि पछाडिबाट निर्देशन गर्ने अरु हुनुहुन्छ । जस्ले मलाई ग्याल्मर रुपमा पस्कन चाहनुुहन्छ ।

भनेपछि एउटा गतिलो ‘पाठ’ सिक्नुभयो ?

हो ! यी दुईवटा घटनाले मलाई सदबुद्धि दिएको छ । र, म चाहन्छु अब यो ‘च्याप्टर क्लोज’ होस र यस्लाई धार्मिक विषय नबनाइयोस् भन्ने मेरो चाहना हो । वौद्धधर्मावलम्वीहरु यति साह्रो आक्रामक नहुनुपर्ने हो । बुद्धले जहिले पनि ‘क्षमा’ को कुरा गर्नुभएको थियो । धर्मको वीचमा लडाउने सोच जस्ले बनाउनुभएको छ, उहाँहरुले यो विषयलाई ‘हतियार’ बनाउँदै हुनुहुन्छ । यो एग्रोसिभ चाँही चेलीबेटी बेचबिखनको विषयलाई लिएर उठिदिएको भए धेरै मान्छेहरु बेचिनबाट जोगिन्थे । त्यस्ता अपराधीहरु जेल जान्थे ।

खैर, चर्चा खोज्नुभएको थियो, तपाईको चर्चा त भयो नि जसरी भएपनि ?

म चाहन्थेँ, ग्याल्मरको चर्चा होस् तर यहाँ धार्मिक कुराको चर्चा आयो ।

सिर्जनशीलताको नाममा अंग प्रर्दशनबाहेक अरु केही विकल्प छैन, शुभेच्छासँग ?

देख्नुभएको छ नि तपाईले ! अंगप्रर्दशनबिनाको चर्चा देखाउनुहोस त तपाईँले ! १५ दिन अगाडि मात्रै तामाङ समुदायले सूर्यविनायकमा चरीमाया र मलाई सम्मान गरे त्यो सम्मानको कहिँकतै चर्चा भएन । इन्करेज गर्ने तर्फ त यहाँ कसैको ध्यान जादैन । मलाई किन ‘कन्ट्रभर्सी अवार्ड दिनुभयो ?’ तर हाम्रो समाज जहिले पनि एउटा सानो गल्तीको मात्र प्रतिक्षामा रहेको हुन्छ । पोर्नसाइटबाट आएको जो साधारण मान्छेको पनि किन यति धेरै चर्चा हुन्छ यहाँ ? हामी जे कुरालाई पनि लगेर किन ‘सेक्स’मै जोड्छौं ? नकरात्मक कुराको चर्चामात्र हामीकहाँ धेरै हुन्छ । यो फोटोको यति धेरै आलोचना–चर्चा होला भन्ने सोचेकै थिएनौ । हामी त ग्याल्मरस फोटो निस्केकोमा दंग थियौं ।

भनेपछि अब आइन्दा नेपाली समाजलाई अपाच्य हुने दृश्य दिनुहुन्न ?

दिन्न भनेर कसरी भन्ने ? बिन्दास–३ पछि मखमली आउँदै छ । मखमलीको कथा नै चेलीबेटी बेचविखनको कथामा आधारित छ । त्यस्मा पनि बेडसिनको कुरा छ । ४० वटा चलचित्रमा काम गरेँ । प्रहार, अग्नीज्वाला, क्रोध, को हुँ म, मिस नेपाल हिट चलचित्र हुन् । तर सोसियल चलचित्रलाई चलाउन निकै मुस्किल छ ।

हिजो ‘बेड सिन’ दिने नायिकाहरु आज फिल्मी नगरीबाटै पलायन भएको पनि तपाईँलाई थाहा हुनुपर्ने हो ?

थाहा छ । धेरै मसँग ग्याल्मरको कुरा जोडिँदै आएका छन् । तर म बिलाउने खालको नायिका होइन् । म डटेर लागेको छु र यो कुरालाई ‘फेस’ गर्छु । गल्ती भएको छ भने माफी माग्छु । तर निरन्तर कला क्षेत्रमा लाग्छु । यो क्षेत्रबाट भागेर कतै जादिँन । भए गरेको गल्तीको ऐहसास गर्दछु । सच्चिने तत्परता देखाउँछु । मलाई लाग्छ हिँड्ने मान्छे नै लड्छ, चुप लागेर बस्ने मान्छे लड्दैन । लडें त के भयो ? फेरि उठ्छु, अगाडि बढ्छु ।

शुभेच्छा र राजु गिरीको नाम जोडिएर फिल्मी बजारमा ‘गसिप’ बन्ने गर्दछ, वास्तविकता चाँहि के हो ?

चलचित्र बनाउनु अगाडि एक वर्ष अगाडि देखि ‘स्क्रिप्ट’ लेख्नुपर्दछ । त्यस्लाई रिभ्यु गर्न महिना दिन होमवर्क गर्नुपर्दछ । कलाकारको ‘फाइनल’ गर्नप¥र्यो । निर्देशन, सुटिङ, प्रमोसनमा सँगै हिड्नुपर्ने हुन्छ । यो सँगसँगै हिड्ने क्रममा र ५ वटा फिल्ममा सँगै काम गरेका कारण पनि हुनसक्छ यस्ता हल्ला चलेको ।

प्रस्तुतिः हरि गजुरेल/दैनिक नेपाल

प्रतिक्रिया