बिगत बर्षहरुमा जस्तै यो वर्ष पनि स्विटजरल्याण्डको बर्न सहरमा लोसार कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ | तमु परिबार स्विटजरल्याण्डको आयोजनामा यहि सनिबार आयोजित उक्त कार्यक्रममा स्विटजरल्याण्डमा बसोबास गर्ने नेपालीहरु तथा नेपाल प्रेमी बिदेशीहरुको उलेख्य उपस्थिति रहेको थियो |
कार्यक्रम संयोजक युक्ता गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि स्विटजरल्याण्डका लागि नेपाली राजदुत दिपक धिताल हुनुहुन्थ्यो | बिशेष अतिथिहरुमा एनआरएनका संरक्षक,तथा भुतपुर्ब अध्यक्ष जिबा लामिछाने, एनआरएन केन्द्रीय उपाध्यक्ष कुमार पन्त,सचिब अर्जुन कुमार श्रेष्ठ हुनुहुन्थ्यो भने एनआरएनए स्विसका आइसीसी सदस्य बिनय श्रेष्ठ तथा अध्यक्ष हिराबल गुरुङले पनि लोसार को सुभकामना दिदै कार्यक्रम सफलताको कामना गर्नु भएको थियो | त्यसै गरि तमुपरिबार स्विसका प्रितम गुरुङले लोसार पर्बको बारेमा उपस्थितलाइ जानकारी गराउनु भएको थियो |
पहिलो चरणको औपचारिक कार्यक्रम पश्चात स्थानीय कलाकारहरु सुभास सुन्दास,गौरी गुभाजु,निता कपुर्,बर्षा हायोज,सर्मिला मगर,रामु परियार लगाएतका कलाकारहरुले संगीत तथा नृत्य प्रस्तुत गरेका थिए | त्यसै गरि स्विटजरल्याण्डमा बसेर नेपालि संगीत क्षेत्रमा निरन्तर लागि रहेका गायक सुभास सुन्दासको पहिलो एल्बम “उड्न देउ” को पनि बिमोचन गरिएको थियो | स्विटजरल्याण्डका लागि नेपाली राजदुत दिपक धिताल,लगाएत विभिन्न एनआरएएन अभिएन्ताहरुले संयुक्त रूपमा उक्त एल्बम को बिमोचन गरेका थिए |
सन्जु तामांग गुरुङ र कृष्ण गुरुङले संयुक्त रुपमा संचालन गर्नु भएको कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक युक्ता गुरुङले कार्यक्रममा उपस्थित भइ सफल बनाइदिनु भएकोमा उपस्थितिहरुलाइ धन्यबाद दिदै लोसार सम्पूर्ण नेपालिको चाड भएको बताउनु भएको थियो | कार्यक्रम मा उपस्थितहरुलाई स्वादिष्ठ नेपाली खानाको ब्यबस्था गरिएको थियो |
प्रतिक्रिया