मोटरसाइकलबाट घर पुर्याइदिने आश्वासन दिएर बलात्कार
पाँचथर, २९ पुस । आफन्तकामा आएकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
फिदिम नगरपालिका–३ का २२ वर्षीय सुवास मगरले नगरपालिका–२ पल्लोेटारमा आफन्तकामा आएकी सिदिनकी एक बालिकालाई घर पुर्याइदिने आश्वासन दिएर आफ्नो मोटरसाइकलमा राखेर लाने क्रममा पल्लोटार जाने बाटोको एक खोल्सीमा जबर्जस्ती करणी गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
गत सोमबार राति अन्दाजी ८ः३० बजे सो खोल्सीमा मोटरसाइकल रोकेर विवाह गर्छु भन्दै ललाइफकाइ गर्दा आफू नमानेपछि मगरले जबर्जस्ती करणी गरेको पीडितले जाहेरीमा खुलाएका छन् ।
बालिकाको जाहेरीका आधारमा मगरलाई पक्राउ गरी जबर्जस्ती करणीअन्तर्गत म्याद थप गरी थप अनुसन्धान थालिएको छ । मगरले पीडित बालिकालाई फिदिम नगरपालिका–१ शनिबारेदेखि आफन्तकामा पुर्याइदिने भन्दै आफ्नो मोटरसाइकलमा चढाएको प्रहरीले जानकारी दिएको छ ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया