नेजाको सदस्यता खुला
न्यूयोर्क,अमेरिका,जनवरी ११ | अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो अधिवेशनको तयारीसँगै सदस्यताका लागि दरखास्त आव्हान गरेको छ | सदस्यता वितरण निरन्तर जारी रहने प्रक्रिया भए पनि अधिवेशनको तयारीसँगै सदस्यता नवीकरण गर्न र नयाँ सदस्य बन्न चाहने कतिपय संचारकर्मीहरुका लागि सहज होस् भन्ने उद्देश्यले सदस्यता खुला गरिएको नेजाले जनाएको छ | नेजाको विद्यमान विधान अनुसार,प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गर्नुपर्नेछ | नवीकरण वापतको शुल्क एकमुष्ठ रुपमा पचास डलर तोकिएको छ |
यसैगरी नयाँ सदस्यता लिन इच्छुक संचारकर्मीहरुले पनि दुई वर्षका लागि पचास डलर शुल्कसहित सदस्यता आवेदन गर्न सक्नेछन् | विधान अनुसार रीतपूर्वक आवेदन प्राप्त भएमा नेजा कार्य समितिले सदस्यता दिने अन्तिम निर्णय गर्नेछ | यसका लागि वर्तमान कार्य समितिका तर्फबाट महासचिव भोला आचार्यको संयोजकत्वमा सदस्यता वितरण एवं नवीकरण समिति गठन गरिएको छ | समितिमा कार्य समितिका अध्यक्ष गौतम दाहाल,सचिव सुदीप पन्त र कोषाध्यक्ष बिटु केसी बाहेक सबै पदाधिकारी र सदस्यहरु रहेका छन् |
समितिका तर्फबाट संयोजक आचार्यले एक सूचना प्रकाशित गरी आगामी अप्रिल १ तारिखभित्र सदस्यता नवीकरण र नयाँ आवेदनका लागि दरखास्त आव्हान गर्नु भएको छ | नेजाको विधान अनुसार अधिवेशनको एक महिना पहिले नै सदस्यता लिई सकेका र नवीकरण गरिसकेका सदस्यहरुले मात्र अधिवेशनमा आधिकारिक रुपमा भाग लिन,नेतृत्व चयन प्रक्रियामा सहभागी हुन र उम्मेदवार हुन पाउनेछन् |
नेजाको पाँचौं अधिवेशन आगामी मे महिनाको ७ र ८ तारिख क्यालिफोर्नियाको लस एञ्जलस शहरमा हुँदैछ | यसका लागि सचिव सुदीप पन्तको संयोजकत्वमा एक अधिवेशन आयोजक मूल तयारी समिति गठन गरी अधिवेशन प्रक्रिया अघि बढाइएको छ |
नेजाले सदस्यता नवीकरण र नयाँ आवेदनका लागि जारी गरेको सूचना यहाँ जस्ताको तस्तै प्रकाशित गरिएको छ |
विगत एक दशकदेखि उत्तर अमेरिका क्षेत्रमा रहेका नेपाली सञ्चारकर्मीहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनाको ७ र ८ मा हुन गैरहेको पाँचौं अधिवेशनमा हार्दिक स्वागत गर्दछौं । नेजाको विद्यमान विधान अनुसार अधिवेसनको एक महिना अगावै अर्थात् आगामी अप्रिल १,२०१६ भित्र सदस्यताको नविकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्नु पर्ने भएकोले सदस्यता खुला गरिएको जानकारीसहित यो सूचना प्रकाशन गरिएको छ ।तसर्थ नेजाको विधान अनुसार सदस्यता लिन एवं नविकरण गर्नको लागि सम्पूर्ण सदस्यहरुमा हार्दिक अनुरोध गरिन्छ । सदस्यता सिफारिशका लागि नेजा कार्यसमितिले महासचिव भोला आचार्यको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी सुम्पिएको छ । महासचिव आचार्यको संयोजकत्वमा गठित सदस्यता वितरण तथा नविकरण समितिमा नेजाका सबै क्षेत्रीय संयोजकहरु डाक्टर गोविन्द सिंह रावत, भुपेन्द्र थापा,जाङ्ग्वु शेर्पा,विकासराज न्यौपाने र विश्वराज थापासहित कार्यकारी सदस्यहरु मधुकर अधिकारी, अग्नी चौलागाई,शैलेश पोखरेल र तेम्वा दोङ्गवा ह्योल्मो सदस्य रहेको समिति गठन गरिएको छ । नेजाको विधान अनुसार अधिवेशनको एक महिना पहिले नै सदस्यता लिईसकेको,नवीकरण गरिसकेको र सदस्यता शुल्क तिरिसकेको सदस्यले मात्र आफ्नो मताधिकार प्रयोग गर्न,उम्मेदवार बन्न वा समर्थक,प्रस्तावक बस्न पाउनेछ ।
त्यसैले नयाँ सदस्यताको लागि मिडियामा प्रकाशित एवं प्रसारित दुई वटा समाचार सामाग्री तथा लेखसहित आफ्नो विवरण खुलाएर सदस्यता आवेदन गर्नुहुन अनुरोध छ । तपाईले नयाँ सदस्यता लिन तथा नविकरणको लागि संस्थाको वेभसाईट http://www.neajausa.org/np/membership मार्फत् पनि अनुरोध गर्न सक्नुहुनेछ ।
नेजाको सदस्यता शुल्क
नविकरण शुल्क : ५० डलर
नयाँ सदस्य : ५० डलर ( दुई वर्षका लागि )
तपाईसँग सदस्यता सम्वन्धि अन्य जिज्ञासा भए हामीलाई ईमेल गर्न सक्नुहुनेछ ।
नयाँ सदस्यता तथा नविकरणवापत लाग्ने शुल्क हाम्रो पे पाल एकाउन्ट https://www.paypal.com/us/cgi-bin/webscr?cmd=_flow&SESSION=84y-RQAEJN_ZLu3CpDSQlOqk5xK_VgYphktiH3QsDRFLzZEDxMYM_2l_-tK&dispatch=5885d80a13c0db1f8e263663d3faee8d64ad11bbf4d2a5a1a0d303a50933f9b2 मार्फत तिर्न सक्नुहुनेछ । साथै,चेक अथवा मनि अर्डरमा Nepal America Journalist Association अथवा NEAJA लेख्नुहोस् र तलको ठेगानामा मेल गर्नुहोस् |
विटु केसी
कोषाध्यक्ष, नेजा
Address: 6360 Vreekbend Dr Houston, TX 77096
अथवा
गौतम दाहाल
अध्यक्ष, नेजा
Address: 6107 Bellona Ave Apt. 3C Baltimore, MD 21212
भोला आचार्य
संयोजक, नेजा सदस्यता वितरण तथा नवीकरण समिति
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
प्रतिक्रिया