नेपाली समाज टेक्ससको नयाँ कार्य समिति द्वारा सपथग्रहण : कृष्ण लामिछाने समाज सुधारकालागि श्रीकृष्णको भुमिकामा

इनेप्लिज २०७२ पुष २६ गते १९:०४ मा प्रकाशित

t6

टेक्सास संबाददाता I

नेपाली समाज टेक्ससको आगामी दुई वर्षे कार्यकालकालागि गत डिसेम्बर २०, २०१५ मा भएको निर्वाचनवाट निर्वाचित पदाधिकारीहरुलाई बिशेष कार्यक्रमका साथ निर्वाचन समितिले समाजको सभाकक्षमा पदभार हस्तान्तरण तथा सपथग्रहाण कार्यक्रम सम्पन्न गरेको छ ।

कर्यक्रममा नेपाली समाज टेक्ससको बिभिन्न क्रियाकलापमा सक्रिय सहभागी भएका स्वयमसेवी, समाजसेवी एवम् नेपालमा गएको महाभुकम्पमा सहयोग पुरयाउनु हुने बिभिन्न महानुभावहरुलाई सम्मान गर्नुका साथै १५०० अमेरिकी डलरको प्रिसिडेन्टल पुरुस्कार गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई हस्तान्तरण गर्ने गरि NRN अमेरिकाका अध्यक्ष डा. केशव पौडेल उपलब्ध गराईएको थियो ।

t5
सपथ ग्रहण कार्यक्रममा अध्यक्ष लामिछानेले नेपाली समाजको हकहितका लागि प्रतेक दिन नि:स्वार्थ भावले सक्रिय भै लाग्ने बचनवध्दताका साथ NST कुनै समुह वा गुटको नभई हाम्रो हो र समाज बनाउन बिगतमा अग्रजले देखाएको वाटोमा हिड्दै आफुले गरेका वाचाहरु एवम् टेक्ससमा रहेका बिभिन्न संघ संगठन र निर्वाचनका प्रतिस्पर्धी मित्रहरुले उठाएका समाज निर्माणका जायज सुझावहरु लिएर अल्पकालीन र दिर्धकालिन योजना बनाई अगाडि बढ्ने प्रतिवध्दता जनाउनु भएको थियो ।

यसकालागि सबै साथीहरुको सहयोगको अपेक्षा गर्दै ५२ हप्तामा ५२ कार्यक्रम गर्न आफ्नो कार्य समितिका सदस्यहरुलाई प्रतेकले तीनवटा श्रृजनसिल समाज सुधारका कार्यक्रम ल्याउन आग्रह गर्नु भएको थियो भने नेपालीको पहिचानको लडाई लड्न बुध्दजयन्ती र सगरमाथा दिवसको अवसरमा अमेरीकी राष्ट्रपतिवाट सुभ-कामना लगायत नेपाली भाषाको मान्यताको लागि प्रयास गर्ने प्रतिवध्दताका जनाउनु भयो । स्वास्थ्य सिविरको निरन्तरता , ड्राईभर लाईसेन्स कक्ष संचालन, समुदाय सहयोग डेस्क स्थापना, नेपाली स्कुलको निरन्तरता र गुणात्मकता, समाचार र गतिबिधि प्रकाशन, साहित्यिक र खेलकुद कार्यक्रम संचालन, लगातय NST को जमिनमा बाल-बाटीका निर्माण गर्ने केहि योजनाहरुको धोषणा समेत गर्नु भएको थियो ।

t4

कार्यक्रममा भु.पु. अध्यक्ष डा. प्रेम अधिकारी, बैकुण्ठ थापा, एवम् निवर्तबान अध्यक्ष, लगायत NRN अमेरिकाका अध्यक्ष डा. केशव पौडेल र निवर्तबान महासचिव एवम् अध्यक्षका प्रतिस्पर्धी बिजय भट्टराईले नयाँ कार्यसमितिलाई शुभ-कामना दिनु भएको थियो भने महेन्द्र पौडेल व्दारा सवै पदाधिकारिहरुलाई सपथ ग्रहण गराईएको थियो I उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टको लगाएत समाजका विभिन्न बुद्दिजीबी समाजसेबी हरुको उपस्थीति थियो ।

कार्यक्रममा बिगतका उपलव्धिहरुको पारदर्शिताका लागि सामाजिक लेखापरिक्षण प्रतिवेदन, नयाँ कार्यसमितिका सामु रहेका चुनौती एवम् भावि मार्गदर्शनको खाका सुन्न तयार रहेका दर्शकहरुलाई परम्परागत सैलीकै लामो आसनग्रहण, स्वागत र भाषण गर्ने संस्कारमा परिवर्तन ल्याउन नयाँ कार्यसमिति सफलहोस भन्ने टेक्ससवासी नेपाली सदस्यहरु चाहना रहेको छ ।

t3

प्रतिक्रिया