दार्चुलामा हिमपात

इनेप्लिज २०७२ पुष २५ गते ५:१२ मा प्रकाशित

Darchula_district_locationभीमदत्तनगर, २५ पुस । दार्चुलामा वर्षासँगै शुक्रबारदेखि उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ ।

उच्च हिमाली भेगका गाउँमा समेत शुक्रबारदेखि हिमपात भइरहेको स्थानीयवासीको भनाइ छ । अपी नगरपालिकासँग जोडिएको खार गाविसको दल्लेकमा समेत हिउँ जमेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँले खण्डेश्वरी, घुसा, राप्ला, सुन्सेरा, धौलाकोट, इयरकोट, सितोलालगायत जिल्लाका उत्तरी गाविसका उच्च भेगमा हिउँ जमेको सूचना आएको बताउनुभयो ।

वर्षा र हिउँसँगै सदरमुकामलगायत अन्य क्षेत्रमा चिसो बढेको छ । “मङ्सिरमा पनि हिमपात डाँडामा जम्ने गरेको थियो ।” स्थानीय कल्याणसिंह बोहराले भन्नुभयो– “अहिले त बस्तीमा समेत हिउँ प¥यो ।” मौसममा एक्कासि परिवर्तन आउँदा जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया