जाजरकोट, २५ पुुुस । यहाँको नायकवाडा गाविस–१ का मनबहादुर सिंह र उनकी श्रीमती रुपा सिंह अपाङ्ग हँुदा छोराहरुको पढाइ प्रभावित भएको छ ।
ती दम्पतीका तीन छोरा कापी किताब किन्ने रकम नहुँदा विद्यालयमा नियमित जाँदैनन् ।
मनबहादुर सुस्तःमनस्थितिका रहेका छन् भने रुपा दुवै आँखा नदेख्ने भएका कारण छोरालाई पढाउन नसकेको सिंह दम्पतीको भनाइ छ । तीन छोरा पढ्नमा लगनशील भए पनि आर्थिक अभावका कारण नियमित विद्यालय जान पाउँदैनन् ।
सरस्वती मावि सिलिङ्गिचौरमा जेठा छोरा गोपाल कक्षा ७ मा पढ्ने भए पनि आर्थिक अभावले नियमित विद्यालय जाँदैनन् । आमा बुबा अपाङ्ग भएका कारण घरको सबै काम गर्नुपर्ने गोपालको काँधमा आएको छ ।
प्रतिक्रिया