नाटक “जोडियोस भत्किएका मनहरू“को पुनः प्रदर्शन

इनेप्लिज २०७२ पुष २४ गते १३:३६ मा प्रकाशित

photo

न्युयोर्कको अफ–ब्रोडवे थियटरमा पहिलो पटक मन्चन भएको अशेष मल्लको नाटक जोडियोस् भत्किएका मनहरु धेरै दर्शकहरुको विशेष अनुरोधमा पुनः मन्चन हुंदैछ ।

म्यानह्याटनमा रहेको ठठठ त्जभबतचभ मा यहि जनवरी २४ आइतबारका दिन १ सो प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । । वरिष्ठ रङ्गकर्मी हरि बहादुर थापाले निर्देशन गर्नु भएको नाटक जोडियोस् भत्किएका मनहरु पुनः प्रदर्शन हुने जानकारी दिनु पाउंदा आफुलाई खुशी लागेको निर्देशक थापाले बताउनुभयो ।

“ यसअघि एकै दिन दुई पटक मञ्चन हुंदा पनि धेरै न्युयोर्कबासीले नै नाटक हेर्न नपाएको गुनासो गरेको सुनियो । त्यहि भएर उहांहरुको लागि भएपनि यो नाटक मञ्चन गर्न लागिएको हो,” थापाले भने । यसअघि डिसेम्बर १३ तारिखका दिन नाटक मञ्चन भएको थियो ।

नाटक पुनः मञ्चन हुने भएपछि कलाकारहरुले फेरी रिहर्सललाई शुरु गरिसकेको उता नाटकको पुनः मञ्चन हुने खबर सुने पश्चात न्युयोर्कस्थित नेपाली महावाणिज्यदुतावास न्युयोर्कका प्रमुख नारायणप्रसाद मैनालीले खुशी प्रकट गरे ।

“नाटकका टिकटहरु छ्ट्टिै सकिएकाले धेरै मानिसहरुले नाटक हेर्न पाएका थिएनन् । यस्तो राम्रो नाटकलाई तंपाईहरुले फेरी मञ्चन गर्नुपर्छं भनेर मैले पहिले पनि भनेको थिए । मलाई खुशी छ, यो नाटकको पुनः मञ्चन गरिदैंछ,” मैनालीले भने ।

नेपालमा आएको विनाशकारी भूकम्प पछिको कथा व्यथा पोखिएको नाटकमा नदिया लिवाङ्ग, संगीता उप्रेती, सहदेव पौडेल, यादव गौतम, ज्योतिकुमार श्रेष्ठ, दिपिका श्रेष्ठ,अनुज थापा, विकास बिष्ट, कृष् थापा ,क्रिस्टल थापा, दिलाष्मा रजक र निर्देशक हरि बहादुर थापाले सुत्रधारको भूमिकामा अभिनय गरेका छन् ।

१५८ सिट क्षमताको उक्त थियटरमा नाटक हेर्नको लागि ५० र २५ डलरका टिकटको व्यवस्था गरिएको छ । नाटक उक्त दिन सांझ ५ बजे मञ्चन हुंदैछ ।

प्रतिक्रिया