उमेरमा थ्यो सब आश कल्पनामा
जबानिमा गो सहबास कल्पनामा
बढेर सन्तान न हुर्किदा तक
छानो र धोति एकगास कल्पनामा
देखासिखी चाल गमेर मनमनै
रमाइलो साँझ र तास कल्पनामा
बढ्दै गयो कर्म अझै ठूलो भयो
ईच्छा बढ्यो सुन्दरी पास कल्पनामा
लगाम छाड्यो खुकुलो बनाई
हुदै गयो नास बिनास कल्पनामा
सलाई कोर्यो खरको कुन्यूभरि
गुहार माग्यो प्रभुदास कल्पनामा
फर्केन खोलो अब भो असम्भब
बाँकी रह्यो के अब लास कल्पनामा
यो कल्पनाले परिणाम ल्याउदा अब
लौ रोकियो ठप्प छ सास कल्पनामा
प्रतिक्रिया