हेटौँडा, १९ पुस । मकवानपुर होटल एसोसिएसन हेटौँडाको आयोजनामा दुई दिने सातौँ सडक खाना महोत्सव शनिबार सम्पन्न भएको छ ।
मकवानपुर जिल्लाको होटलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले सडकमै खाउ“ सडकमै रमाउ“ भन्ने नारा दिइएको उक्त सडक खाना महोत्सवमा विभिन्न किसिमका परिकारको ४६ वटा कक्षका साथै हस्तकलाको प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रमको समेत प्रस्तुति रहेको थियो ।
हरेक वर्ष आयोजना भइरहेको सडक खाना महोत्सवमा हजारौँ को सङ्ख्यामा मानिसको उपस्थिति रहेको तथा करिब रु २० लाख बराबरको कारोबार भएको मकवानपुर होटल एसोसिएसनले जनाएको छ ।
प्रतिक्रिया