कोसीटप्पुमा आजदेखि खरखडाइ सुरु

इनेप्लिज २०७२ पुष १८ गते ३:५३ मा प्रकाशित

koshitappuइनरुवा, १८ पुस । प्रत्यक वर्षझैँ यस वर्षपनि कोसीटप्पु वन्यजन्तु आरक्षमा आजदेखि खरखडाइ सुरु भएको छ ।

प्रत्येक वर्ष खुल्दै आएको खरखडाइ यस वर्ष पनि तीन दिनका लागि खुल्ला गरिएको कोसीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशहा सुनसरीले जनाएको छ ।

सुनसरीको पश्चिम कुशहा, मधुवन, शुक्रबारे, उदयपुरको भागलपुर, सप्तरीको पिपरा, बदगम्मा, कमलपुरलगायत स्थानबाट पुर्जी काटेर प्रवेश दिएको आरक्षले जनाएको छ ।

खर कटानका लागि पुस १५ गतेबाट १७ गतेसम्म पुर्जी दिएको र १८ गतेअर्थात् आजबाट खर काट्न दिएको सूचना आरक्ष प्रशासनले जनाएको छ ।

त्यसैगरी आरक्षले एक महिनापछि अर्ना गणनासमेत गर्ने तयारी भएको बताएको छ । आरक्षमा अर्ना गणना प्रत्येक चार वर्षमा गर्दै आइरहेको छ ।

प्रतिक्रिया