विपन्न तथा असहाय वृद्धवृद्धालाई न्यानो कपडा वितरण

इनेप्लिज २०७२ पुष १८ गते ३:३८ मा प्रकाशित

तुलसीपुर (दाङ), १८ पुस । दाङको सौडियारका विपन्न तथा असहाय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको छ ।

सौडियार गाविसको सहयोग तथा ज्येष्ठ नागरिक समाज सौडियारको आयोजनामा २७ जना विपन्न तथा असहाय वृद्धवृद्धालाई यहाँ न्यानो कपडा वितरण गरिएको हो ।

वडा नागरिक मञ्चले सिफारिस गरेका प्रत्येक वडाका तीन तीन जना गरी २७ जनालाई स्विटर प्रदान गरिएको सौडियार गाविसका सामाजिक परिचालक विमल योगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया