काँकडभिट्टा, झापा, १६ पुस । झापाका वरिष्ठ पत्रकार गोविन्दचन्द क्षेत्री (गोछे) लाई मेची उद्योेग वाणिज्य सङ्घले आज रु ११ हजार राशीको पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
नेपाल उद्योेग वाणिज्य महासङ्घका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पशुपति मुरारकाले उहाँलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
मेची उद्योग वाणिज्य सङ्घको स्थापना दिवसको अवसरमा उहाँलाई पुरस्कार प्रदान गरेको हो ।
सो पुरस्कारका लागि सङ्घले गत वर्षको स्थापना दिवसको दिन औद्योगिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्नका लागि रु एक लाखको अक्षय कोष खडा गरेको थियो ।
पुरस्कृत व्यक्ति गोछे झापाबाट ‘द हिमालयन टाइम्स’ पत्रिकामा रिपोर्टिङ गर्नुहुन्छ । सङ्घका अध्यक्ष विजय डालमियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया