संविधान कार्यान्वयन गर्नुको विकल्प छैन: नेता महत

इनेप्लिज २०७२ पुष १६ गते १३:३३ मा प्रकाशित

Prakash-Saran-mahat(बेनी) म्याग्दी, १६ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले संविधानसभामार्फत जारी भएको संविधानको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

विपी चिन्तन प्रतिष्ठान म्याग्दीले आज पात्लेखेतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले दुईतिहाइबाट जारी भएको संविधानमा केही राजनीतिक दलहरुको विमति भएपनि त्यसलाई कार्यान्वयन गरेर अघि बढ्नुपर्ने धारणा राख्नु भयो ।

नेता महतले बिपीको मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरिएको संविधानमा अपुग रहेका कुरा संशोधनमार्फत सम्बोधन गर्न सकिने उल्लेख गर्नुभयो. ।

प्रतिक्रिया