भूकम्पले क्षति पुर्‍याएका १४१ विद्यालयलाई भवन वितरण

इनेप्लिज २०७२ पुष १५ गते ३:२१ मा प्रकाशित

खोटाङ, १५ पुस । भूकम्पले क्षति पुर्‍याएका जिल्लाका १४१ विद्यालयलाई भवन वितरण गरिएको छ । गत वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएका जिल्लाका प्रावि, निमावि, मावि र उच्चमाविलाई गरी १४१ वटा भवन वितरण गरिएको हो ।

प्रावि र निमाविलाई दुईकोठे भवन १०१ तथा तीनकोठे १८ वटा भवन वितरण गरिएको जिल्ला शिक्षा अधिकारी केशव दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार मावि र उच्च माविलाई चारकोठे १४, छकोठे चार र आठकोठे चारवटा भवन वितरण गरिएको छ ।

भूकम्पले क्षति पुगेका विद्यालयका भवन निर्माण तथा मर्मतका लागि कार्यालयले रु एक करोड ७७ लाख बराबरको बजेटसमेत विनियोजन गरेको छ । शिक्षाले शौचालय, रेक्ट्रोफिटिङ, कक्षा कोठा मर्मत, फर्निचर मर्मत र खानेपानी व्यवस्थापनका लागि रु १४ लाख बजेट छुट्याएकोे छ ।

स्रोत केन्द्रबाट आवश्यक छानबिन गरेर क्षति पुगेका विद्यालयलाई भवन वितरण गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया