पशुमा खोरेत रोगविरुद्ध खोप लगाउन सुरु

इनेप्लिज २०७२ पुष १५ गते २:४९ मा प्रकाशित

khopeइलाम, १५ पुस । जिल्ला पशुसेवा कार्यालयले इलामको मावुको विखेभञ्ज्याङ र कालपोखरी क्षेत्रका पशुमा खोरेत रोगको सङ्क्रमण देखिएपछि प्राविधिक खटाएर खोप लगाउन सुरु गरेको छ । करिब दुई सातादेखि सो क्षेत्रमा खोरेत रोग फैलिएर पशुचौपाया बिरामी पर्न थालेपछि कार्यालयले प्राविधिक खटाएर सङ्क्रमित पशुमा खोप लगाउन सुरु गरेको हो ।

भेडी, चौँरी, गाईगोठमा फैलिएको खोरेत रोगबाट करिब सय पशु प्रभावित भएका छन् । सङ्क्रमित पशुको मुखबाट सिङ्गानजस्तो ¥याल निस्कने, मुखमा घाउ आउने, खुर पाक्ने, जिब्रो सुन्निनेलगायतका लक्षण देख्न थालेको मावु–८ का पासाङ शेर्पाले जानकारी दिनुभयो ।

कार्यालयले पहिलो चौमासिकमा दानाबारी, चुलाचुली र कन्याम क्षेत्रका २० हजार पशुमा खोरेत रोगविरुद्ध खोप लगाउने जनाएको छ ।

प्रतिक्रिया