एनआरएन बेलायतले केन्द्रिय भवनको लागि आर्थिक संकलन कार्यक्रम सम्पन्न ।

इनेप्लिज २०७२ पुष १४ गते २३:२८ मा प्रकाशित

k1

पौष १५ लन्डन – एनआरएन बेलायतको आयोजनामा सोमबार अल्डरसटको द किङजस सेन्टरमा अन्तर्राष्ट्रिय समन्वय परिषद,गैरआवासीय नेपाली संघकाय अध्यक्ष डा शेष घले र आसीसी सदस्य जमुना घलेलाई भव्य स्वागत गरिएको छ । घले र बेलायतको लागि नेपाली राजदूत क्षेत्री सहितका अतिथीलाई प्रवेशद्वार छिर्ने बित्तिकै पाइपर धुन बजाउदै पञ्चकन्याको पुष्पपुच्छा सहित जेन मार्शल आट एकेडेमी र सगरमाथा तेक्वान्दो डोजाङले स्वागत गरिएको थियो ।

nrn gp
गैरआवासीय नेपाली संघले काठमाडौंमा निर्माण गर्न लागेकोे एनआरएन भवनका लागि सहयोग संकलन गर्ने उदेश्यले आयोजना गरिएको सो कार्यक्रममा यूरोपस्थित बिभिन्न देशका प्रतिनिधी समेत सरिक रहेका थिए । एनआरएनए बेलायतका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा संघका उपाध्यक्ष हिराधन राईले स्वास्थ्य तथा सुरक्षाको जानकारी गराई सकेपछि औपचारिक रुपमा कार्यक्रमलाई संघका महासचिव विजयविक्रम लिङ्देनले सुरुवात गरेका थिए । प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र विशेष अतिथी एनआरएनए अध्यक्ष डा घलेले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा संघका महिला उपाध्यक्ष शान्ति थापा कुंवरले स्वागत मन्तव्य दिएकी थिईन ।

sesh
उक्त कार्यक्रममा नेपालबाट आएका सुनसरी तरुण दलको अध्यक्ष सिजन गुरुङ , आइसीसी सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए युरोप उपसंयोजक प्रेम गुरुङ, अमेरिका संयोजक सोनम लामा,आइसीसी संरक्षक दिल गुरुङ, आइसीसी सल्लाहकार तथा विधान संयोजक डा. हेमराज शर्मा, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, आइसीसी सदस्य कृष्ण तिमिल्सिना, डेनमार्कबाट आइसीसी सदस्य सोम सापकोटा, पिजी शेर्पा, एनआरएनए बेलायतका पूर्व अध्यक्षहरु डमर घले,सूर्य गुरुङ, योगेन क्षेत्री, र महेन्द्र कंडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

sesh3
गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घलेले आफ्नो संस्था बाहिर देखिएजस्तो बलियो नभएको बताएका छन् । उनले नयां भिजन र रोडम्यापका साथ अगाडि नबढ्ने हो भने संघ भविष्यमा गौरव गर्न लायक संस्था नहुने समेत दावी गरे । ‘तपाईंहरुले बाहिरबाट जति बलियो देख्न ुहुन्छ वास्तवमा यो संस्था त्यति नै बढि कमजोर छ’, घलेले भने, ‘अबको २०, ३० वर्षमा नेपालको सामाजिक, आर्थिक क्षेत्रमा योगदान दिन सक्ने गौरवपूर्ण संस्था बन्न अहिलेदेखि नै एक्सन प्लान, रोडम्याप र न्यू भिजन बनाउन आवश्यक छ ।’ कुनै पनि संस्था वा कम्पनी संस्था बिगत १२ बर्षदेखि एउटै मोडलमा चलिरहेकाले अब यसमा सुधार जरुरी भइसक्यो, अध्यक्ष घलेले भने, ‘कुनै पनि सामाजिक संस्था होस् वा व्यवसायिक कम्पनी धेरै लामो समयसम्म एउटै मोडलमा चल्न सक्दैन । संघलाई समयसापेक्ष सुधार गरिएन भने कमजोर हुन्छ ।’ उनले अगामी ५० बर्षपछिको नयाँ पुस्ता कस्तो होला तिनीहरुले के सोच्ला भन्ने परिकल्पना दीर्घकालीन कार्ययोजना ल्याउनुपर्ने विचार व्यक्त गरेका थिए । ‘भवन निर्माणका लागि रकम संकलन गर्ने क्रममा डेढ वर्षअघि धेरै साथीहरुले घर बनाउनु पनि कुनै नयाँ प्रतिपादन गर्ने उपाय हो र भने । नेताजीहरुले तपाईंको अफिस त झोलामै हो भनेर प्रश्न गरे । एक जना पत्रकार साथिले एउटा अफिस पनि बनाउन नसक्ने एनआरएनहरु त सुकुम्वासी हुन् भने पछि वास्तवमै ठिक कुरा भएको अरुको लागि घर बनाई दिने भन्छौ आफ्नो घर छैन् । साच्चै लज्जास्पद कुरो हो । ‘भवन निर्माण त्यस हिसावले पनि महत्वपूर्ण भयो ।’ विदेशमा बस्ने नेपालीको मुद्दामा गैरआवासीय नेपाली संघ सक्रिय रुपमा लागेको अध्यक्ष घलेले बताए । उनले दोहोरो नागरिकता, पूर्व गोर्खा लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको जानकारी दिएका थिए ।

nrn gp (1)
मन्तव्यका क्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले एनआरएनले भूकम्प पिडित, भारतको अघोषित नाकावन्दिले दिएको दुखमा सहयोग गर्नु भएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद प्रकट गदै नेपालको कला संस्कृति, विकास र लगानीमा एनआरएनसंगै हात मिलाएर भविष्यमा पनि दुतवासले एकजुट भएर अगाडि बढ्न चाहने बताएका थिए । कार्यक्रममा नेपालबाट आएका सुनसरी तरुण दलको अध्यक्ष तथा आईटीफका अध्यक्ष सिजन गुरुङले निर्माणाधिन एनआरएन भवनका लागि बधाई तथा शुभकामना व्यक्त गदै नेपालका युवाहरुले उक्त एनआरएन भवनका निम्ती नैतिक रुपमा समर्थन गर्ने जानकारी दिएका थिए ,
एनआरएन संरक्षक दिल गुरुङले एनआरएनको बनिरहेको पर्खाललाई एक इटा थपेर अग्लो बनाउनु पर्ने भन्दैं बनिसकेको पर्खाल भत्काउन उचित नहुने तर्क गरे । एनआरएन सल्लाहकार विश्वआर्दश पण्डितले एनआरएनले काठमाडौंमा बनाउन लागेको भवन एउटा ऐतिहासिक धरोहर भएको बताए । उनले एनआरएन अध्यक्ष घलेले लन्डनमा कुनै शक्ति प्रदर्शन गर्न जरुरी नभएको भन्दै एनआरएन विश्व सम्मेलनमा अध्यक्ष घलेले प्राप्त गरेको ८१ प्रतिशत मत नै शक्ति प्रर्दशनका लागि पर्याप्त भएको बताए । उनले गैरआवासीय नेपाली संघभित्रको बिवादलाई बचाउ गर्दै फलेको रुखमा झटारो हान्नु स्वाभाविक भएको बताए । उनले काम गर्दै जादा गल्ती हुनेसक्ने लक्षित गर्दै, जस्तोसुकै परिस्थित आए पनि आफ्नो मिसन पूरा गर्न एनआरएन पछि हट्न नहुने तर्क गरे । गैरआवासीय नेपाली संघका सल्लाहाकार डा. हेमराज शर्माले काठमाडौंमा बन्दै गरेको एनआरएन भवन भौतिक रुप मात्र नभएर सबै विदेशमा बस्ने नेपालीको भावना बोकेको हुने विश्वास ब्यक्त गरे ।

s4
गैरआवासीय नेपाली सँघको सक्रियतामा काठमाण्डौंमा निर्माणाधिन एनआरएन भवनको लागि सहयोग संकलन आयोजित सो कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका सचिब अर्जुन श्रेष्ठले ४० लाख नेपालीको नेतृत्व गर्ने संस्थाले विगत केही बर्षदेखि घर बनाउने सपना अब साकार हुने उनको भनाई थियो । एनआरएन यूरोप संयोजक कुल आचार्यले गैरआवासीय नेपाली संघको अभियान केही लिन भन्दा दिन आउने संस्था भएको नेपालीका लागि नेपाली भन्ने भावनाका साथ सहयोग गर्न आग्रह गरे । अमेरिका संयोजक सोनाम लामाले एनआरएन भवन निर्माणका लागि विश्वव्यापी रुपमा सहयोग संकलन भएको बताए ।
कार्यक्रममा एनआरएन यूरोप पूर्वउपसंयोजक सोम सापकोटाले एनआरएनले आफ्नो पहिचान बोकेको भवन काठमाडौंमा निर्माण गर्न लागेको बताए । गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष महेन्द्र कंडेले बिगत १२ बर्षदेखि गैरआवासीय नेपालीले परिकल्पना गरेको एनआरएन भवनले मूर्त रुप लिन लागेकोमा खुशी ब्यक्त गरे । एनआरएन यूकेका पूर्व अध्यक्ष योगेनबहादुर क्षेत्रीले एनआरएन भवन बनेपछि विदेशमा बस्ने नेपालीका लागि काम गर्ने एक दूतावासको हैसियतमा काम गर्न सकिने तर्क राखेका थिए ।
एनआरएन बेलायतका संरक्षक सूर्य गुरुङले एनआरएन अभियनाका लागि एनआरएन भवन एक महत्वपूर्ण कोशेढुगाँ भएको बताए । उनले होस्टेमा हैंसे गरेर सहयोग गर्न सबैलाई अपिल गरे । अर्का संरक्षक डमर घलेले प्रवासमा रहेका नेपालीको हकहितका लागि बन्न लागेको भवन निर्माणका लागि आत्मबलसहित सहयोग गर्न आग्रह गरे । कार्यक्रममा पूर्व मिस नेपाल यूके गौमाया गुरुङले एनआरएन भवनको आवश्यकता, महत्व र स्थायित्वका बारेमा बोलेकी थिइन् । सामाजिक संन्जाल फेसबुकबाट मात्र करिब (१ ) एक करोड उठिसकेको र सो कार्यक्रममा करिब ५० लाख संकलन भएकोे संघका पदाधिकारीहरुले जानकारी गराएकोे छ । नेपाली युवा समुहको तर्फबाट प्रेम घा मगरले काठमाण्डौंमा निर्माणाधिन एनआरएन भवनको लागि हाल नेपाली रकम २ लाख सहयोग गर्ने प्रतिवदता गदै भविष्यमा अझै सहयोग गर्ने जानकारी दिनु भएको छ ।
उक्त अवसरमा बेलायतको राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१५ मानचेस्टरमा विभिन्न पदक हासिल सगरमाथा तेक्वान्दो डोजाङ्कका विजेताहरुलाई पनि सम्मान गरिएको थियो । श्वर्ण पदक विजेता दुशब गुरुङ, रजत पदक विजेता प्रशान्त राई, अस्मिता राई, एञ्जिला राई र अलिसा राई ,काँस्य पदक विजेता पुनम गुरुङ, मेरीरोस लिम्बु, रियाज राई, रस्मित राई र मञ्जिल राईलाई डाÞ घलले एनआरएन बेलायतको तर्फबाट प्रमाण–पत्र प्रदान गर्दै प्रशिक्षकहरु राष्ट्र राई, प्रेमकुमार गुरुङ, याम सेर्चन, राजेश राई, डिल्लीराम राई र दिपक गुरुङलाई पनि विशेष सम्मान गर्नु भएको थियो ।
त्यसैगरी विभिन्न क्षेत्रबाट बेलायत समुदायलाई सहयोग गर्दै आइरहेका तथा हालै स्वदेशमा गएको भूकम्प पीडितलाई सहयोग गर्नुहुने,एनआरएन बेलायतका प्रवक्ता खुशी लिम्बु,नेपाली युवा समुह बेलायतको तर्फबाट कुमार थापा,गोर्खा नेप्लीज युथ आश्फोडको तर्फबाट प्रितम गुरुङ, मास्टर रणदिप राई, हेल्पिङ युका संस्थापक लेखराज लिम्बु, युवापिढीका समाजसेवी, नेपाल बेलायत सुन्दरी २०११ गौमाया गुरुङ र संचारकर्मी लेक्स लिम्बु, मा प्रसाद राई,सरला थापा, रविन राना,लाई समेत सम्मान गरिएको सत्रलाई एनआरएन बेलायतका युवा संयोजक रिचर्ड गुरुङले संयोजन गरेका थिए ।
उक्त अवसरमा स्नेहा श्रेष्ठको स्वर भरिएका एनआरएन गीत साथै विभिन्न कलाकारहरुको नृत्य तथा सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रम छमिमाया पुनको संयोजनमा रहेको थियो भने लण्डनबाट प्रसारित हुने गोर्खा च्यानल नेपाली टेलिभिजनका प्रस्तोता विमला सेनेले कार्यक्रम ढाकिरहेकी थिईन साथै रेडियो राइनोले प्रत्यक्ष प्रसारण गरिरहेका थियो । उक्त आर्थिक संकलन कार्यक्रमलाई नेपाली युवा समुह बेलायतका फोटो पत्रकार पवन राई (रसुट) र बरिष्ठ फोटो पत्रकार मिलन तमुले तस्विर कैद गरेका हुन ।

प्रतिक्रिया