न्यु जिल्यान्डमा नेपाली बिद्यार्थीको रहस्यमय मृत्यु

इनेप्लिज २०७२ पुष १४ गते १५:२० मा प्रकाशित

IMG_5960

गत डिसेम्बर २८ तारिख सोमबार बिहान न्युजिल्यान्डमा नेपाली बिद्यार्थीको रहस्यमय मृत्यु भएको खबर छ l २२ बर्षिय पवन कुमार खड्का न्यु जील्याण्डको माउन्ट मौगानुई समुन्द्रमा मृत अवस्थामा फेला परेको न्युजिल्यान्ड प्रहरीले जनाएको छ l

न्युजिल्यान्ड प्रहरीले कसरि मृत्यु भयो भन्ने बारमा थप अनुसन्धान गरि रहेको छ l मृत खड्का पुर्व नेपालका भनि उल्लेख गरेको छ भने न्युजील्याण्डमा भएका नेपाली समुदायलाई यो समाचारले दुखि बनाएको छ l

यो दुखत समाचार उनका परिवारलाई नेपाल जानकारी गरी सकिएको छ l सोमबार बिहान १ बजेर ३० मिनेटमा उनलाई मृत अवस्थामा फेला पार्दा उनिले कुनै लुगा नलगाईएको(निर्वस्त्र ) पाईएको छ l

जानकारी अनुसार उनले घर रति १ बजे छोडेको र उनको निजि गाडी मारिन परेडमा राखिएको अवस्थामा फेला परेको जनाएको छ l र उनको मृत शरीर आउदो बुधबार नेपाली समुदायलाई दिने भनि साउथ एसिया डटकममा लेखेको छ l

प्रतिक्रिया