लेखान्त छ भने कल्पना नै नगरिएको भाग्य पनि आउछ भन्ने उक्ति अहिले पबचवगलर्वतका अर्जुन कुमार परियारको जिबनमा ठ्याक्कै मेल खाएको छ । कर्म नगरी जिन्दगि चल्दैन भन्दै छ बर्ष अगाडी युएई पसेका अर्जुन अहिले घर खर्च पठाएको एक महिनाको तलब नै उनलाई भाग्यमानी बनाइ दिएको छ ।
एलएम एक्चेन्जले पैसा पठाउने ग्राहकहरुका लागि सेप्टेम्बर १७ तारिखदेखि ३ महिनासम्म आकर्षक उपहार योजना सार्वजनिक गरेको थियो । त्यो योजनाको पहिलो पुरस्कार एलएम एक्चेन्जको मेघा प्राइजमा अउडी ए थ्री कार नेपालको पर्बत जिल्लाको कुस्मा नगरपालीका अर्जुन कुमार परिवार हकदार बनेका छन ।
साथीभाईले बडी रेट द्न्छु भन्दै हुडिबाट पैसा पठाउन भन्दा नमानी कम्पनि नजिकै अरबिक सेन्टर मा भएको एक्सेन्जबाट नियमित नेपाल पठाएको अर्जुन बताउछन । जीवनमै नसोचेको उपहार पाए पछी अब के गर्ने केहि सोचिनसकेको बताउछन अर्जुन । अर्जुनले पाएको उपहारको राशी एक लाख ३० हजार दिराम भएको एलएम एक्चेन्जले जनाएको छ ।
एलएम एक्चेन्जमा कार्यरत मोरङ पथरीका जगत आचार्यका अनुसार पहिलो उपहार योजनामा एक लाख दश हजार जनाले रिमिट प्रयोग गरेका थिए । उपहार योजना गत अक्टोबर २० एक कार्यक्रमकाबीच घोसण गरिएको थियो । एलएम एक्चेन्जका युएईमा १७ वटा शाखा रहेका छन यस एक्सचेन्जले चाँडै ४ वटा शाखा स्थापना गदैछ ।
छ बर्ष देखि युएईमा फार्कनको फारममा सामान्य काम गरिरहेका अर्जुनले तीन जना आफना भाईलाई पनि आफनै कम्पनीमा काममा बोलाएका छन । २१ जनाको ठुलो सयुक्त परिवार छौ ४ जना यता युएइमा छौ ।
पाच कक्षा सम्म मात्र अध्यान गरेका अर्जुनमा सिलाइबुनाई , इलेक्ट्रोनिक मेकानिकल , कार्पेन्टर लगाएतको शिप भएक छ । अब यो उपहारलाई नेपालमा टेक्निकल कम्पनि खोलेर नेपालमै बेरोजगार भएका नेपालीहरुलाई रोजगार दिने योजना रहेको अर्जुन बताउछन ।
प्रतिक्रिया