टेक्सासमा घरबारबिहिन तथा असाहयलाई खाना खुवाईयो

इनेप्लिज २०७२ पुष १२ गते १९:४६ मा प्रकाशित

hdnp 8अमेरिकाको टेक्सासको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले गत डिसेम्बर २६ तारिख टेक्सासको फोर्थ ओर्थमा रहेका झन्डै ४ सय असहाय ,गरिब तथा घरबार बिहिन पुरुष ,महिला तथा बाल बालिकाहरुलाई त्रैमासिक रूपमा पूर्व घोषित कार्यक्रम अन्तर्गत अनेक परिकारका खाना खुवाएको छ l

उक्त सामुहिक खाना खुवाउने कार्यक्रममा आर्लिंगटन (डिडब्लुजी )शहरका नगर प्रमुख माइकल टेडर को उपस्थिति रहेको थियो भने नेपाली मुलका संस्थापक देवी आचार्यले गरेको यो मानवीय सेवाको नगर प्रमुखले प्रसंशा गरेका थिए l

hdnp 9अमेरिकाको धन्यवाद दिवस (थांक्स गिभिंग)मा भोजन गराउने योजना रहेता पनि भीषण वर्षाको कारण उक्त कार्यक्रम रद्ध भएको थियो l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (नाजुक तथा असहायको लागि सहयोग अन्तर्राष्ट्रिय) भन्ने संस्थाले स्थापना काल देखि नै दुखि ,असाहय ,मागेर जीविका चलाउने ,बृद्ध तथा अशक्तलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको छ l

संस्थाले यस्ता मानिसहरुका लागि स्वास्थ्य, शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरूलाई सशक्तिकरण गर्ने काम पनि गरी रहेको छ । हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन, भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत विशेष सहयोग प्रदान गर्दै आएको जानकारी संस्थापक देवी आचार्यले बताए l

hdnp 1यसै गरि उनीहरूको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराउदै आएको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

प्रतिक्रिया