जापानमा महजात्रा हेर्न खचाखच भिड

इनेप्लिज २०७२ पुष १२ गते १२:५० मा प्रकाशित

Maha_japan1

जापानको टोकियोको नाकानो जिरो हलमा भेला भएका हजार वढी दर्शकले पेटमिचि मिचि हासेर महको स्वाद लिए । विदाको समयको सदुपयोग गर्दै भेला भएका अधिकांस सहभागिहरु मह अर्थात हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको प्रहसनमा पेटमिचिमिचि हासेका थिए । मह जापान यात्रा अन्र्तगतको पहिलो चरणको कार्यक्रममा टोकियोमा भेला भएका दर्शकहरुलाई मह जोडीले नेवारबहादुर वाहुनबहादुर तथा म डनको फोटो स्टुडियो प्रहसनमा भरपुर मनोरंजन प्रदान गरेका थिए । समसामायिक तथा नेपाली परिवेशको कथालाई व्यङात्मक प्रस्तुति सहित तिखो कटाक्ष गरेका कलाकारहरुले नेपाली राजनीतिक दल तथा समाजमा भईरहेका विकृति विसंगतिहरु यथार्थ देखाउने प्रयास गरेका थिए । प्रहसनमा मोहित आचार्य, नरेन्द्र कंसाकारले मह जोडीलाई साथ दिएका थिए ।

Maha_Jatra-17गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा पाँच करोड परोपकारी कोषको स्थापनार्थ आयोजना गरिएको महजात्रा २०१५को पहिलो चरणको कार्यक्रमा सहभागि दर्शकहरुले भरपुर मनोरंजन लिएका हुन । नेपाली लोकसंगीतका हस्ति पुराना लोक गायक बमबहादुर कार्कीको गीतमा मन्त्रमुग्न भएका र्दशकहरु नेपाली सिने जगतकी चर्चित नायिका प्रियकां कार्कीको दमदार नृत्यमा रमाएका थिए।

मह जोडीको ‘ईश्वर तिमीले’ प्यारोडी गीतबाट शुरु भएको कार्यक्रममा नाकाबन्दीको विषयलाई समेटेर पहिलो पटक जापानमा गाइएको ‘धन्यवाद छ छिमेकी’ प्यारोडिगीत दर्शकको रोजाईको गीत वनेको थियो । जापानमा अध्ययनरत नोनी गौचन र सुमेरा थापाको नृत्य समारोहमा फरक आकर्षण रहेको थियो ।

Maha-7
यस्तै कार्यक्रममा अतिथिका रुपमा सहभागि भएका नेपाली क्रिकेट टिमका कप्तान तथा कार्यक्रमको मुख्य प्रायोजक समसारा रेमिटयान्सका व्राण्ड एम्वेसडर समेत रहेका पारस खडकाले नेपालले छिटटै विश्वकप क्रिकेट खेल्ने दावी गरे । छोटो समयमा नेपाली क्रिकेटले फडको मारेको प्रसंग कोटयाउदै खडकाले सवै देश विदेशमा रहने नेपालीहरुले खेलकुद क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औल्याए ।

Maha-5कार्यक्रममा गायक यमन श्रेष्ठले ‘नेपाली नेपाली भेट भोकी’ तथा ‘छ अहिले सेल्फिको जमाना’ गीत पस्केका थिए । जापानका लागि नेपाली कार्यवाहक राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आथित्यमा संचालन भएको कार्यक्रमको उदघाटन गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष भवन भट्ट, एसिया प्यासिफिक संयोजक किरण विक्रम थापा, कावा राजदुत राजभण्डारी, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, समसारा रेमिटयान्सका शंकर गिरीले संयुक्त रुपमा गरेका थिए । परोपकारी कोष संकलनार्थ दोश्रो चरणको कार्यक्रम २२ तारिकमा ओसाका तथा २४ तारिकमा फुकुओका शहरमा आयोजना हुने एनआरएनए जापानका महासचिव अनुज थापाले बताए।

फोटोहरु:

Maha_Jatra-12 Maha_Japan3 Maha_Japan2 Maha_Japan Mahajatra_Shiva-11

प्रतिक्रिया