ट्राफिक कार्यालयको राजस्व सङ्कलनमा वृद्धि

इनेप्लिज २०७२ पुष १२ गते ६:३३ मा प्रकाशित

तनहुँ, १२ पुस । जिल्ला ट्राफिक कार्यालयले राजस्व सङ्कलनमा पछिल्ला वर्षमा वृद्धि गर्दै आएको छ ।

आव ०७१/०७२ कम सवारी साधानलाई कारबाही गर्दा पनि गत दुई आर्थिक वर्षको तुलनमा राजस्वमा वृद्धि भएको देखिएको छ । सवारी चालक प्रमाणपत्र नभएकालाई सुरुमा रु दुईसय जरिवाना गरिथ्यो तर पछि ट्राफिकले रु एक हजारसम्म जरिवाना गर्न पाउने आख्तियारी पाएपछि कम सवारी साधानलाई कारबाही गर्दा पनि राजस्वमा उल्लेख्य वृद्धि भएको हो ।

कार्यालयले आव ०६९/०७० मा ४७ हजार ४०० सवारी साधनलाई कारबाही गर्दा रु ७१ लाख ५९ हजार एक सय, आव ०७०/०७१ मा रु ४७ हजार एक सय सवारी साधानलाई कारबाही गर्दा रु ७४ लाख ८९ हजार ६०० र आव ०७१÷०७२ रु २५ हजार ८५० सवारीलाई कारबाही गर्दा रु ८१ लाख ५४ हजार ४०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक ओमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने, छतमा यात्रु राखी सवार गर्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने, आवश्यक कागजपत्र साथमा नलिई सवारी चलाउनेलगायतका सवारी साधानलाई कारबाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो ।

कार्यालयले चालु आव ०७२÷०७२ मा साउन महिनमा रु ७५० सवारीलाई कारबाही गर्दा रु दुई लाख ३३ हजार ३००, भदौ महिनमा रु एक हजार १५० सवारीलाई कारबाही गर्दा रु दुई लाख ९९ हजार २००, असोज महिनमा रु ७५० सवारीलाई कारबाही गर्दा रु दुई लाख ४९ हजार ६००, कात्तिक महिनमा रु ६०० सवारीलाई कारबाही गर्दा रु दुई लाख ११ हजार २०० र मङ्सिर महिनमा रु एक हजार १०० सवारीलाई कारबाही गर्दा रु तीन लाख ९२ हजार ९०० राजस्व सङ्कलन भएको थियो ।

दुर्घटनका घटनालाई जिल्लामा न्यूनीकरण गर्न पछिल्लो समय पैदलयात्री, सवारी चालक, यातयात व्यवसायी र विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी चेतनामूलक प्रशिक्षण दिर्दै आएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया