सबस्टेसनमा भीषण आगलागी

इनेप्लिज २०७२ पुष ११ गते ९:२४ मा प्रकाशित

गोलबजार (सिरहा), ११ पुस । लहान नगरपालिका–१ स्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा भर्खरै मात्र भीषण आगलागी भएको छ ।

आगलागी नियन्त्रणका लागि लहान नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुगेको छ । नेपाली सेना, नेपाल नेपाल र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी आगो नियन्त्रणमा लिने प्रयासमा जुटिरहेका छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी भीषण भएका कारण नियन्त्रणमा लिन समस्या भइरहेको सबस्टेसनका कर्मचारी प्रदीप गोइतले जानकारी दिनुुभयो । आगलागी कसरी भयो भन्ने बारेमा केही खुल्न सकेको छैन । तर विद्युत चुहावट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । अहिले लहान लगायत क्षेत्रमा विद्युत् लाइन काटिएको छ ।

प्रतिक्रिया