मंगलबार, साउन १२ २०७८
काठमाडौं ०३:४०
वासिङटन डिसी 17:55

मधेसको समस्या छिटो समाधान गर्नुपर्छ: श्रेष्ठ

इनेप्लिज २०७२ पुष ११ गते ९:२३ मा प्रकाशित

Narayan-kaji-Shresthaविराटनगर, ११ पुस । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसको समस्या छिटोभन्दा छिटो समाधानका लागि पार्टी गहन रुपमा लागेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसका लागि सत्तारुढ दल र प्रतिपक्षी दलबीच आपसी सहमति आवश्यक रहेको धारणा प्रकट गर्नुभयो । उहाँले थारु र मधेसी मोर्चाको आन्दोलन राजनीतिक आन्दोलन रहेको र यसलाई राजनीतिक रुपमा समाधान गर्नुपर्दछ भन्नुभयो ।

नेता श्रेष्ठले मोर्चाको ११ बुँदे मागअन्तर्गत मुख्यतयाः तीन वटा विषयमा मौलिक हकअन्तर्गत समानुपातिक समावेशी, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनरवलोकनको मागलाई संविधान संशोधनको विधेयकको भाषा परिमार्जन गरी पूरा गरिने र सीमाङ्कनका सम्बन्धमा राजनीतिक समिति बनाएर समाधान गर्न सकिने बताउनुभयो ।

उहाँले नाकाबन्दीका कारण उत्पन्न सङ्कटलाई अन्त्य गर्न पहल गर्नुपर्ने र भूकम्पपछि नवनिर्माण कार्य र पीडितलाई राहत उपलब्ध गराउने कार्यमा तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । मन्त्रालय टुक्रयाउने र मन्त्री थप्ने विषयमा पार्टीको असहमति रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया