टाङ्लुक्वा राई सेवा समाज प्रथम साधारणसभा

इनेप्लिज २०७२ पुष १० गते १५:३५ मा प्रकाशित

20151225_125013
पुस १० गते,
टाङ्लुक्वा राई सेवा समाज नेपालको प्रथम साधारणसभा सम्पन्न भएको छ । मोरङको उर्लाबारी किसान चौकमा शुक्रबार भएको सो कार्यक्रममा टाङ्लुक्वा राईको वंशावली एवं परिचयात्मक कार्यक्रम पनि भएको थियो । सो अवसरमा आफन्तजन कुट कुटुम्ब एवं स्नातक गरेका आफन्तजनहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा सहदेव तुम्वाहाम्फे, मणिराज राई, हर्कबहादुर राई, भानुभक्त राई, दीपक राई, कमला राई, जुनु राई लगायतलाई सम्मान पनि गरिएको थियो । साधारणसभा भक्तबहादुर राईको सभापतित्व एवं टिकाप्रसाद राईको सञ्चालनमा भएको थियो । आगामी दिनमा यसरी नै साधारणसभा आयोजना गरिने तिलक वान्तवा राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया