आगलागीबाट २५ लाखभन्दा बढीको क्षति

इनेप्लिज २०७२ पुष १० गते १२:५० मा प्रकाशित

aaglaagiसुरुङ्गा (झापा), १० पुस । झापाको शनिअर्जुन नगरपालिका–३ बागेडाँगी निवासी मौलाधन राईको घरमा गएराति आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ ।

खोले पकाउन गोठमा बालेको आगो टाटीमा सल्किएर भएको आगलागीका कारण राईको घर, गोठ र भान्साघर पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । आगलागीबाट घरमा रहेको धनमाल, अन्नपात, लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएको छ ।

आगलागीका कारण गोठमा रहेका गाई र बहर पनि मरेको इप्रका, बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

आगो स्थानीयवासी, प्रहरी र बिर्तामोड नगरपालिकाको वारुणयन्त्रले राति अबेरमात्रै नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया