बसको ढोकाबाट खसेर गाडी साहुकै मृत्यु

इनेप्लिज २०७२ पुष १० गते १२:३८ मा प्रकाशित

रत्ननगर (चितवन), १० पुस । पश्चिम चितवनको पटिहानीमा बसको ढोकाबाट खसेर गाडी साहुकै मृत्यु भएको छ ।

गएराति माडीबाट नारायणगढ आउँदै गरेको ना५ख १०८७ नंको बसको ढोकाबाट खसेर सोही गाडीका सामु भरतपुर– १२ का ४५ वर्षीय विष्णुप्रसाद सापकोटाको मृत्यु भएको जिप्रका चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गएराति भएको उक्त दुर्घटनामा गम्भीर भएका सापकोटाको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्युभएको हो ।

उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पछिल्लो समयमा इन्धन अभावका कारण सवारी कम चलेपछि बसको ढोका र छतमा बसेर यात्रा गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया