अपाङ्ग बालबालिकालाई न्यायो कपडा

इनेप्लिज २०७२ पुष १० गते १२:१८ मा प्रकाशित

काँकडभिट्टा (झापा), १० पुस । झापाको कनकाई नगरपालिका–८ स्थित हिमाली निमाविका २० जना अपाङ्ग विद्यार्थीलाई बिहीबार न्यायो कपडा वितरण गरिएको छ ।

केही दिनदेखि झापामा बढेको अत्यधिक चिसोका कारण फरक क्षमता भएका २० विद्यार्थी समस्यामा भनी सामाजिक सञ्जाल फेसबुकमा सहयोगको याचना गरिएको तस्बिर पोष्ट गरिएपछि वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेकी सरस्वती बास्तोलाले उनीहरुलाई न्यायो कपडाको व्यवस्था गर्नुभएको हो ।

कनकाई निवासी उहाँले दिदी तारा बास्तोलामार्फत स्वेटर, टोपी, ट्राउजर र मोजालगायतका सामग्री वितरण गर्नुभएको हो ।

सो विद्यालयमा श्रवण क्षमता नभएका तथा आवाज नभएका लगायत विद्यार्थी अध्ययनरत रहेको प्राध्यापक केशवप्रसाद ओझाले बताउनुभयो ।

प्रतिक्रिया