माटाको ढिस्काले पुरिएर मृत्यु

इनेप्लिज २०७२ पुष ९ गते १४:३२ मा प्रकाशित

बैतडी, ९ पुस । दार्चुलामा माटाको ढिस्काले पुरिएर आज एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भगवती–९ की ३० वर्षीया कौशिला धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

घर पोत्ने रातो माटो खन्ने क्रममा पुरिएकामध्ये एकको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया